ध्रुब क्षेत्री’ दोहा कतार, ७ मार्च २०१७ देशका गहना र देशलाइ विभिन्न राष्ट्रमा गएर आफ्नो देशको नाम राख्न सफल हुनु भएका नेपालका रास्टिय तेक्वान्दो खेलाडीहरु लाइ नयासक्ति कतारले एक बिसेष भेला मार्फत दोहाको ढाका रेस्टुरेण्ट को सभा हलमा सम्मान पत्र तथा नगद ५५ हजार नेपालि रुपिया दिएर सम्मान तथा बिधाई गरेको छ! बिभिन्न देशहरुमा भएको अन्तर्राष्ट्रिय च्याम्पियन सिप प्रतियोगितामा आफ्नो कुसल प्रतिभा देखाएर देशलाइ विभिन्न मेडल दिलाई रास्टको नाम र नेपाली जगत लाइ बिस्वमा चिनाउने तेक्वान्दो खेलाडीहरु र बेस्ट अवार्ड ले बिभुसित भइ सकेका कोच रोशन खान सहितको ११ जना खेलाडीहरुलाई सम्मान गरेको हो!
बिगत देखि खेल जगत र खेलाडीसँग एक अभियान संचालन गरेको नयाँशक्ती कतारले यु ए इ मा च्याम्पियन सिप खेलेर नेपाल फर्किन लागेका खेलाडीहरुलाइ कतार आमन्त्रण गरि सम्मान गर्ने र उनिहरु संग खेल जगतको बृदी र बिकाशको बारेमा विभिन्न अभियान चलाउने र खेलाडीहरु पनि देशका सिपाही र गहना भएका ले उनिहरुलाई हाम्रो सयोग र साथ् अपरिहार्य भएको ले उहाहरु संग सम्मोन्या का लागि यहा आमन्त्रित गरिएको INSQ कतार का संयोजक बि बि खराल (रोसन) ले बताए!
संगठनका सयोजक बि बि खरालको सभापतित्व मा संचालित कार्यक्रम, महासचिन महामुद कार्की ले संचालन गरेका थिए भने नयासक्ति कतारका सह संयोजक/ संगठन बिभाग प्रमुख लाल भट्टले स्वागत मन्तब्य राख्नु भएको थियो ! उक्त कर्यक्रममा सहसंयोजक दुर्गा सुनार ,प्रबक्ता ध्रुब क्षेत्री ,कोशाअदक्ष्य देब परियार , सह कोसाद्क्ष्य सन्तोष बस्नेत र मुस्लिम बिभागका संयोजक इब्राहीम मिया ले शुभकामना मन्तव्य ब्यक्त गर्दै खेलाडिहरुको हक र हितमा संगठन ले पहल गर्ने बताउदै उनिहरुले देखाएको कुसलताले रास्ट को नाम बिस्वामा पुर्याउन सफल हुने बिस्वाश ब्यक्त गर्नु भएको थियो।
कर्यक्रममा तेक्वान्दो कोच रोशन खान र गोल्ड मेडल बिजेता खेलाडि सुदिप गिरिले नयाँशक्ती पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भटराई बाट बिधाई भएर थाईल्याण्ड जादा छुट्टै हौसला पाएको र उक्त हौसलाले नै आफुहरुले केहि गोल्ड मेडल लगाएत अन्या पदक जित्न सफल भएको जनाउदै नयासक्ति पाटि नेपाल र यसको बैदेसिक भात्री संगठन INS कतार ले आफुहरुलाइ गरेको सम्मानलाइ ऐतिहासिक भएको बताउदै यस्तो खाले सम्मान आफुहरुलाइ हाल सम्म कुनै पनि पार्टी वा सस्थाले नगरेको गुनासो गर्नु भयो साथै उहाहरुले एसरि कतार बोलाएर आफुहरुलाई सम्मान गर्नु भएकोमा अन्तर्राष्ट्रिय नेपालि समाज कतार प्रति धन्यवाद ब्यक्त गर्नु भएको थियो।
कर्यक्रम को समापन गर्दै नयाँशक्ती कतारका समयोजक बि बि खरालले सम्पूर्ण खेलाडिहरुलाई शुभकामना ब्यक्त गर्दै कर्यक्रम सफल बनाउन आर्थिक तथा भौतिक सहयोग गर्नु हुने आईबोस ग्लोबल इन्टरनेसनल ( ने रु ५००० ), देब परियार , दुर्गा सुनार, इब्राहिम मिया ,कलिम मिया ,अकबर अब्दुल करिम मिया, महमुद कार्की, इन्जिनियर हारिस भणडारि ,यासिन मामा , सन्तोष बस्नेत ,धुर्ब क्षेत्री ,लाल भट्ट ,सतिस पाठक, राजु पुडासैनी, संगम नेपाली लगाएतलाइ धन्यबाद ज्ञापन गर्नु भएको थियो!
No comments:
Post a Comment