Sunday, March 12, 2017

संविधान संशोधन गरी चुनावमा जाऔँः नेता महतो

कञ्चनपुर (सप्तरी), २९ फागुन । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधनमा सहभागिता जनाएर मुलुकको समस्या समाधान गर्न नेकपा (एमाले)लाई आग्रह गर्नुभएको छ ।

प्रेस मञ्च सप्तरीले आज राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “मधेस विरोधी रवैया छाड्नुस, मधेसीलाई अधिकार दिलाउने सवालमा अगाडि आउनोस् ।” मधेसको समस्या समाधानका लागि तीन ठूला दलले पहल गर्नुपर्ने उहाँको भनाइ थियो ।

मधेसवादी दलले अघि सारेको माग सम्बोधन नगरी चुनाव हुन नसक्ने दाबी गर्दै उहाँले भन्नुभयो, “१८ वर्ष चुनाव नहुँदा के फरक प¥यो ? त्यसैले दुई महिना समय बढाऔँ र संविधान संशोधन गरी चुनावमा जाऔँ ।”

मृतकका परिवारलाई आर्थिक सहयोग

यसैबीच, अध्यक्ष महतोले सोमबार भएको झडपका क्रममा प्रहरीको गोली लागी मृत्यु भएका पाँचैजनाको परिवारजनसँग आज भेट गर्नुभएको छ ।

सो क्रममा उहाँले मृतकका परिवारलाई आफ्नो पार्टीका तर्फबाट जनही रु एकलाख २५ हजार आर्थिक सहयोग गर्नुभएको थियो । अध्यक्ष महतोले मृतकका सन्तानको शिक्षादीक्षा र भरणपोषणका लागि आफूले व्यक्तिगत र पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने वचनबद्धता दिनुभएको थियो ।

एमालेको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत सप्तरीमा आयोजित जनसभा विथोल्न पुगेका सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा पाँचजनाको मृत्यु भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...