Thursday, March 30, 2017

डा महाबिर पुन फर्मा प्रबन्धक संघ (पिईएएन )मा आउने तथा बिशिष्ट योगदान गर्ने चिकिसकहरुलाई सम्मान गरिने

फर्मास्युटिकल मार्केटिंग एक्जीक्युटिव एसोसिएसन अफ नेपालको नेपालगंज शाखाको तेस्रो अधिवेशनमा बिशेष अतिथि को रुपमा डा.महाबिर पुनलाई आमन्त्रित गरिएकोले डा पुन आउने भएका छन् l

आगामी २०७४-२०७६ कार्यकालका लागि नेतृत्व चयन समेत हुने ईकाईको तेस्रो अधिवेशनमा डा.महाबिर पुन अन्य अतिथि साथ आउने भएका हुन् l आगामी चैत्र १९ गते शनिबार नेपालगञ्जको स्वस्तिक कटेजमा बिशिष्ट व्यक्तित्वहरुको आतिथ्यमा हुन् लागेको उक्त कार्यक्रमको अन्तिम तयारी पुरा भएको छ l

उद्घाटन सत्रका लागि बिशिष्ट अतिथिको रुपमा राष्ट्रकै गौरव,महान सोचका धनी तथा नेपालका सुचना प्रबिधीका बैज्ञानिक डा.महाबिर पुनको आतिथ्य रहने भएकोमा संस्थाका केन्द्रिय अध्यक्ष सुरजित दत्तले हर्ष लागेको बताएका छन् l उनले पुनको जति नै प्रशंसा गरे पनि कम हुने बताए l

उक्त अधिवेसनको लागि केन्द्रीय अध्यक्ष तथा उपाध्यक्ष ,अन्य शाखाका अध्यक्ष वा प्रतिनिधि , बाँकेका प्रमुख जिल्ला अधिकारी ,प्रहरी प्रमुख सहित एपोन एन एमए ,डिडिए,एनएमएसआरए ,जि.जनस्वास्थ्य कार्यालय,सीएमए संघ,नेपाल पत्रकार महाँसंघ,उधोग बाणिज्य संघ लगायत अन्य संघ तथा संस्थाको प्रतिनिधित्व हरुको आतिथ्य रहने भएको नेपालगंज शाखाका वर्तमान अध्यक्ष ओम नारायण शर्माले बताए l

उक्त दिन बिगत दशकौँ देखी चिकित्सकको हैसियतले देशका बिभिन्न भेगहरूमा रहि लाखौँको सङ्ख्यामा नेपाली जनतालाई स्वास्थ्य सेवा प्रदान गरी उनीहरूको जीवनमा खुशी ल्याउनमा अतुलनिय योगदान पुर्याउनु हुने र छोटो समयकै व्यवसायिक यात्रामा रचनात्मक योगदान गर्नु हुने नेपालगञ्ज क्षेत्रका ६ जना चिकिसकहरुलाई सम्मान गर्ने कार्यक्रम पनी रहेको शर्माले बताए l

उक्त दिन रक्तदान कार्यक्रम ,औपचारिक कार्यक्रम ,सम्मान कार्यक्रम ,साँस्कृतिक कार्यक्रम ,पात्रो बिमोचन तथा बन्द सत्र मार्फत नयाँ नेतृत्व चयन रहने छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...