Thursday, March 9, 2017

जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा चुनाव हुन्छ : नेता पौडेल

फलेवास (पर्वत), २६ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा स्थानीय तहको निर्वाचन भएरै छाड्ने ठोकुवा गर्नुभएको छ ।

आज बिहान पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले वैशाख ३१ गते निर्वाचन नहुने हो भने कुनै पनि तहको निर्वाचन गर्न नसकिने विचार व्यक्त गर्नुभयो । उहाँले मिति घोषणासँगै सिङ्गो मुलुक चुनावमय बनेको बताउँदै अब किन र केका लागि रोक्न वा स्थगन गर्नुपर्ने भन्ने कारण नै नरहेको बताउनुभयो । नेता पौडेलले मधेसवादी दलहरुले भन्दैमा कुनै पनि हालतमा चुनाव स्थगन नहुने दाबी गर्नुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनमा पनि नेपाली काँग्रेसलाई बहुमतसहितको पार्टी बनाउनुपर्ने बताउनुभयो ।
हतारमा संविधान संशोधन प्रस्ताव अगाडि बढाउँदा सरकार अप्ठेरोमा परेको बताउँदै अब प्याकेजमा सहमति गरेर तोकिएको मितिभित्रै तीनै तहका चुनाव सम्पन्न हुने वातावरण मिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...