Monday, March 13, 2017

गृहमन्त्री भारत प्रस्थान

काठमाडौँ, ३० फागुन । आतङ्कवाद प्रतिवादसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि आज भारततर्फ प्रस्थान गर्नुभएको छ ।

इन्डिया फाउन्डेसनले आयोजना गरेको सो सम्मेलनको उद्घाटनमा भाग लिन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । सम्मेलन यही मार्च १४, १५ र १६ गते भारतको नयाँ दिल्लीमा हुँदैछ । सम्मेलनमा भाग लिएर उहाँ शुक्रवार स्वदेश फर्कनुहुनेछ ।

भारततर्फ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री निधिले नेपाल सबै किसिमको आतङ्कवादका विरुद्धमा रहेको उल्लेख गर्दै आतङ्कवादका विरुद्धमा एकअर्काको सहयोग आदानप्रदान गर्ने विषयमा छलफल हुने बताउनुभयो ।

नेपाली काँग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चाको सहमतिमा सरकार बनेको उल्लेख गर्दै उहाँले मोर्चालाई सरकारसँग नटाढिन आग्रह गर्नुभयो । गृहमन्त्री निधिले भन्नुभयो, “सरकारलाई दिदैं आएको समर्थन फिर्ता लिने निर्णय फिर्ता लिन मोर्चालाई आग्रह गरेका छौँ ।”

उहाँले वैशाख ३१ गतेको निर्वाचन अगाडि नै संविधान संशोधन गर्ने तयारीमा सरकार लागेको बताउँदै मोर्चालाई धैर्यता कायम राख्नसमेत आग्रह गर्नुभयो । उपप्रधानमन्त्री निधिले एमाले सहितको दुई तिहाइमा संविधान संशोधनमा सरकार लागिपरेको जानकारी पनि दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...