Saturday, March 18, 2017

गौशाला स्थित स्काइ वेब मेनपावर बाट कतार आएका मजदुर समस्यामा

ध्रुब क्षेत्री, दोहा’ ५ चैत्र २०७३, गौशाला स्थित स्काइ वेब मेनपावर, झापा निवासी राजन सिटौला द्वारा संचालित नेपाली मजदुर विदेश सप्लाई गर्ने एक कम्पनि हो । लेबर भिसा मा जनही १ लाख २५ हजार भन्दा माथि रकम लिएर रोमि सेर्पा ,पासाङ सेर्पा लगाएत ६ जनालाइ कतार पठाएको र यहाँ बिचल्ली मा परेको कुरा उक्त्त ६ जना मध्ये का १ जना रोमी सेर्पा ले नयासक्ति कतार का संयोजक बि बि खरेल  समक्ष्य गुनासो गरेका छन् ।

केहि दिन पहिला मात्र कतार आएका ६ जना नेपाली मजदुरहरुले आफु हरु ठगिएको र कुनै माध्याम बाट नेपाल फिर्ता जान वा हामीले अनेक बहानामा मेंनपावोरलाइ बुजाएको रकम फिर्ता को लागि पहल गरिदिन अनुरोध गरेको कुरा संयोजक खरेल  ले बताउनु भएको छ! खरेलका अनुसार पिडित ब्यक्तिहरु कतार स्थित अल हसन इन्टरनेसनल कम्पनीमा लेबर भिसा मा काम गर्न गएका हुन र उनीहरुलाई नेपाल मा तोकिए बमोजिम तलब सुबिधा यहाँको कम्पनि ले नदिने जनाएको पनि पिडितहरुले बताएका छन् ।

उक्त पिडित हरुले यहा बाट कुनै पनि कम्पनि ले नेपाल भिसा पठाउदा नेपाल स्थित नेपाली मेनपावोर कम्पनि र कतार को नेपाली दुताबाश को मिले मित्तोले यहाँ भिसा स्वीकृति हुन सक्ने र नेपाल को श्रम बिभाग र अध्यागमनको मौनता ले यहा आएर भने जति तलब सुबिधा नपाउने र ठगिने समस्या भएको आसंका ब्यक्त  गरेका छन्!

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...