Tuesday, March 7, 2017

जर्मनीको टेक्निकल यूनिवर्सिटी अफ बर्लिनमा नेपाली चलचित्र “बिजुली मेसिन”को स्क्रीनिंङ्ग

मार्च ७, २०१७
जर्मनीको टेक्निकल यूनिवर्सिटी अफ बर्लिनमा नेपाली चलचित्र “बिजुली मेसिन”को स्क्रीनिंङ्ग गरिएको छ | नेपाली बिद्यार्थी समाज जर्मनीको संयोजकत्वोमा डा प्रजल प्रधान र प्रतिक ढकालको नेत्रित्वोमा उक्त चलचित्र प्रदर्शन गरिएको थियो |

​”बिजुली मेसिन”को स्क्रीनिंङ्ग, टेक्निकल यूनिवर्सिटी अफ बर्लिन

“बिजुली मेसिन” केहि महिना अघि डिसेम्बर ०२, २०१६ मा नेपालमा प्रदर्शनमा आएको थियो | उक्त चलचित्रलाई अधिकांस समिक्षकहरूले रुचाएका थिए | नविन अवालको लेखन तथा निर्देशन रहेको उक्त चलचित्रमा राजेश हमाल, बुद्धि तामांग, लक्ष्मी भुसाल, अविशेक सुबेदी, रेलिजा श्रेष्ठ आदि को भूमिका रहेको छ | चलचित्रको निर्माण टिममा रिशव आचार्य, बिन्दु तिमिल्सिना, संजिव न्यौपाने र दिपेन बस्नेत रहेका छन् | नेपालको पहिलो बिज्ञान सम्बन्धि कथा भएको चलचित्र मानिएको बिजुली मेसिनमा दुइ जिम्मेवार नागरिकको सामाजिक कथा प्रस्तुत गरिएको छ | चलचित्रमा बिज्ञान सम्बन्धि परामर्श सन्तोष लामिछानेले प्रदान गरेका हुन् |

चलचित्रको प्रदर्शन पश्चात बिद्यार्थीहरूले “यस्ता चलचित्र बन्दै गए नेपाली चलचित्र क्षेत्रले चाडैनै ठुलो फड्को मार्ने छ” भन्ने आशयको अभिव्यक्ति दिएका थिए|

बिजुली मेसिन टिम

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...