Sunday, March 5, 2017

एमालेको अभियान बिथोल्न सप्तरीमा मोर्चाको बन्द

राजविराज, २३ फागुन । फागुन २१ गते शनिबार झापाबाट शुरु भएको एमालेको मेची महाकाली राष्ट्रिय अभियानलाई विथोल्न मधेसी मोर्चाले सप्तरी जिल्ला बन्द आह्वानका साथै लाठी जुलुसको कार्यक्रम राखेपछि स्थानीय प्रशासनले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

एमाले र मधेसी मोर्चाका कार्यकर्ताबीच हुन सक्ने सम्भाव्य झडपलाई रोक्न प्रहरीले उच्च सर्तकता अपनाएको स्रोतले जनाएको छ ।

राजविराजदेखि चार किलोमिटर टाढा रहेको औद्योगिक क्षेत्रमा एमालेले आज गर्ने कार्यक्रमलाई सुरक्षा दिन उल्लेख्य संख्यामा परिचालन भएका छन् । कर्याक्रमका लागि मञ्च व्यवस्थापनदेखि अन्य सहयोगहरूमा प्रहरीले एमालेका कार्यकर्ताहरूलाई सहयोग गरेको स्रोतको भनाइ छ ।

उता, एमालेले आफ्नो कार्यक्रमलाई निर्धारित समयमा गर्ने जनाएको छ । एमालेका नेता रघुवीर महासेठले सप्तरी जिल्लामा पूर्वनिर्धारित कार्यक्रमअनुसार समयभित्रै गर्ने दाबी गरे ।

उनले भने, ‘हामी कसैसँग मुठभेड गर्ने गरेर कार्यक्रम राखेका होइनौं । शान्तिपूर्ण रुपमा कार्यक्रम हुनेछ । मधेसी मोर्चाले जे गरे पनि मधेसी जनता एमालेको पक्षमा छन् ।’

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...