Monday, March 27, 2017

निर्वाचनलाई शान्तिपूर्ण बनाउन हतियार र मदिरा बन्देज

भद्रपुर, १४ चैत । स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण बनाउन अनुमति प्राप्त बन्दुक, पेस्तोलजस्ता हातहतियार र सोमा प्रयोग हुने गोलीगठ्ठा निर्वाचन अवधिभरका लागि जिल्ला प्रशासन कार्यालय, झापामा बुझाउन सार्वजनिक अपिल गरेको छ ।

जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएको अपिलमा सुरक्षाको हकमा काममा खटिएका सुरक्षाकर्मी कानुन बमोजिम लिन पाउने हातहतियारबाहेक अन्य कुनै पनि व्यक्तिले कुनै प्रकारको विस्फोटक पदार्थ वा रसायनिक वा विषालु पदार्थ, लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँड्न, प्रदर्शन गर्न वा प्रयोग गर्न-गराउन पूर्णतय निषेध गरेको छ ।

त्यस्ता गतिविधि गरेको पाइएमा कानुन बमोजिम कारबाही गर्ने जनाउँदै अपिलमा निर्वाचन अवधिभर मदिरा तथा मदिराजन्य पदार्थको अवैध उत्पादन तथा बिक्री वितरण कार्यमा पनि पूर्ण बन्देज गरिएको उल्लेख छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...