Sunday, March 19, 2017

फेरी एक पटक हेम्मरले काँग्रेसको कानमा बाजाए केपी ओलीले (भिडियो सहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि नेपाली कांग्रेसमाथि निशाना साँधेका छन् । कांग्रेसको कन्तविजोग नै भएको उनले बताए । शनिबार सुर्खेतमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले भने, विचरा कांग्रेस ! कन्तविजोग नै छ ।’

हिजो राणा शासनविरुद्ध संघर्ष गर्ने कांग्रेस अहिले मधेसी मोर्चा नामका २/४ जना उफ्रियो भने डराएर भाग्ने गरेको उनको आरोप छ । उनले भने, ‘लाखौं जनतालाई देख्दैन, चार जना विदेशी दलाल उफ्रिएको देख्छ ।’

विगतमा कांग्रेसले कम्युनिष्ट आयो भने बुढाबुढीलाई गोली ठोक्छ, कांग्रेसले विकास गर्छ भनेर ढाँट्ने गरेको भन्दै पूर्व प्रधानमनत्री समेत रहेका ओलीले अब कांग्रेससँग जनता अलमल्याउने विषय पनि भएको बताए । उनले, अब कांग्रेसले विकास गर्छ भन्यो भने कसैले पत्याउँदैन ।’ ०४८ र ०५६ पछि कांग्रेसले बहुमतको सरकार बनाएको भएपनि केही गर्न नसकेको दाबी गर्दै उनले भने, बाँदरको हातमा नरिबल दिएर के गर्नु

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...