Sunday, March 26, 2017

बानाको अध्यक्ष पदमा अनसुया श्रेष्ठ वन्त बिजयी

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा स्थापना भएको बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना ) को निर्वाचनमा महिला उम्मेदवार अनसुया श्रेष्ठ वन्त अध्यक्ष पदमा बिजयी भएकी छिन् l

उनले अध्यक्ष पदका आफ्ना दुई प्रतिद्वन्दी संचारकर्मी सतिस चापागाई तथा कलाकार/गायक श्रीजन ताम्राकारलाई हराएर बानाको इतिहासमा दोश्रो पटक महिला अध्यक्ष पदमा उनको जित भएको छ l नया कार्यकारी समितिको कार्यकाल २०१७ -२०१९ सम्म रहने छ l

उनले——– मत प्राप्त गरि अध्यक्ष पदमा जितेकी छिन् भने अध्यक्ष पदका प्रत्याशीहरु सतिस चापागाई तथा श्रीजन ताम्राकारले ——— मत प्राप्त गरेका थिए यसै गरि वरिष्ठ उपाध्यक्षमा सुबोध विलास पन्त बिजयी भएका छन् l यसै गरि अन्य पदमा निर्बिरोध रुपमा पहिला नै अन्य उम्मेद्वारहरु बिजयी भै सकेका छन् l

नव निर्वाचित अध्यक्ष अनसुया श्रेष्ठ वन्त कुशल गृहणी, ब्यवसायी तथा समाजसेवीको रुपमा बिगत २५ बर्ष देखी अमेरिकामा बसोबास गर्दै आएकी हुन् l उनले २००९ देखी २०१७ सम्म कार्यसमितिको बिभिन्न भूमिकामा बिगत ३ कार्यकाल सम्म काम गरेकी छिन् l

उनले महिला तथा बिभिन्न बिधाका व्यक्तित्वहरुलाई बानाका परोपकारी कार्यक्रममा सहभागि गराउने ,आवश्यकता अनुसार भाषा कक्षालाई सन्चालन तथा निरन्तरता दिने ,बानाको कार्यक्रम र कार्य योजना क्यालेन्डर निर्माण गर्ने ,नेपाली पहिचान, कला संस्कृती र खेलकुदको प्रबर्धनका लागि थप कार्यक्रम ल्याउने ,लेखा पारदर्शिता र आकस्मिक कोष को सृजनाका लागि ठोस पहल गर्ने तथा नेपाली सुचना र सहयोग केन्द्र स्थापना गर्ने जस्ता मुद्धाहरु अगाडी सारेकी थिइन् l

उनले ब्यक्तिगत स्वार्थ भन्दा माथी उठी र कुनै राजनैतिक वा समुह बिशेष आस्था राख्ने प्रवृतिलाई निरुत्साहित गर्दै आफु समाजसेवा र बानाको संस्थागत बिकासका लागि आफ्नो सम्पूर्ण समय योगदान गर्ने संकल्प गर्दै अध्यक्ष पदमा बिजयी गराउन आग्रह गरेकी थिइन् l

५ सदस्यीय निर्वाचन समितिमा संयोजकमा धरम बिश्वकर्मा रहेका थिए भने सदस्यहरुमा पदम पुन,किरण पन्थ ,मंगल महर्जन तथा राम कृष्ण भट्टराई रहेका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...