Saturday, March 25, 2017

काँग्रेस नेता काफ्लेको अन्त्येष्टि

दमौली, १२ चैत । नेपाली काँग्रेस तनहुँका नेता पुरुषोत्तम काफ्लेको आज अन्त्येष्टि गरिएको छ ।

मादी र सेती नदीको सङ्गमस्थलमा काफ्लेको अन्त्येष्टि गरिएको हो । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काफ्लेको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाउनुभएको थियो । नेता पौडेलले काफ्लेको निधनले नेपाली काँग्रेसलाई अपूरणीय क्षति पुगेको बताउनुभयो ।

वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारी, नेपाली काँग्रेस संसदीय दलका सचिव धु्रव वाग्ले, सांसद रामचन्द्र पोख्रेल, पूर्वमन्त्री गोविन्दराज जोशी, पूर्वराज्यमन्त्री अमरराज कैनी, पार्टीका जिल्ला सभापति बैकुण्ठ न्यौपाने, सचिव विश्व बास्तोलालगायत नेता कार्यकर्ताले स्व काफ्लेको पार्थिव शरीरमा पुष्पगुच्छा चढाउनुभएको थियो ।

उपचारका लागि पोखरा लैजाने क्रममा ७४ वर्षीय काफ्लेको शुक्रबार राति निधन भएको हो । उहाँलाई छोराहरु प्रदीप र सुदीपले दागबत्ति दिनुभएको थियो । स्व काफ्लेका श्रीमती, तीन छोरा र तीन छोरी छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...