Tuesday, March 28, 2017

घोडेजात्रा विशेष हाइकु गोष्ठी सम्पन्न

काठमाडौं, १४ चैत्र २०७३।
नेपाल हाइकु केन्द्र (नेहा)को आयोजनामा घोडेजात्राको उपलक्ष्यमा घोडेजात्रा विशेष हाइकु गोष्ठी भव्यता पूर्वक सम्पन्न भएको छ । उक्त अवसरमा डा.राम कुमार पाँडे, पुष्कर लोहनी, दामोदर पुडासैनी ,किशोरु, बिष्णु बहादुर सिंह, लाल वहादुर भुजेल, डा.बम बहादुर ुजितालीु, सुधिर ुख्वभीु, रमेश खनाल, गुप्त वहादुर श्रेष्ठ, ऋषिराम बराल, हरि फुयाल, मंगलनारायण जोशी, धर्म राजकर्णिकार, मित्रबन्धु पौडेल, शिरोमणि दवाडी, जीवन कँसाकार, अतृप्त पाण्डे, रेश्मा मानन्धर जस्ता हाइजीनहरुले आ–आफ्ना हाइकु बाचन गरेका थिए ।

बाचित हाइकुहरुका सम्वन्धमा साहित्यकार दामोदर पुडासैनी ,किशोरु समीक्षा गर्नु भएको थियो । उहांले हाइकु बिम्बका आधारमा रचिने, आकार सङ्क्षिप्त तर गहन अर्थ प्रक्षेपण गर्ने बिधा भएकोले हाइकु सिर्जनामा अध्ययन, लगन र बौद्धिकता सवै हुनुपर्ने कुरा बताउनु भयो । घोडालाई बिम्व वनाएर रचिएका हाइकुहरुकाो विशेष महत्व रहन्छ, किनकि ,घोडा सभ्यताको शुरुवात भएदेखिकै मान्छेको असल साथी हो, त्यसैले पनि घोडालाई बिम्ब वनाएर हाइकु लेख्दा मानबीयता, संस्कृति, राजनीति, अर्थजगत सवै क्षेत्रको राम्रोसंग उजाएर गर्न सजियो पर्ने कुरा पनि उहांले बताउनु भयो । बाचित हाइकुहरुमा घोडा, घोडाघोडी ताल, घोड सवार, घोडगर्जन, अश्वरनारोहण, अश्वेमेध, सेतो घोडा, कालो घोडा, अश्वशक्ति, रिसल्ला, लगाम, घोडाको टाप, अश्वमेध यज्ञ, समयघोडा, घोडा दौड, मापसेघोडा, घोडचढी, घोडादाना, घोडाको पछाडि जस्ता बिम्बहरु प्रयोग भएको र ती बिम्वहरुले समय राजनीति संस्कृति र मानव संवेदना विबिध पक्षलाइ उजागर गरेको कुरा साहित्यकार दामोदर पुडासैनी ुकिशोरुले बताउनु भयो ।

प्रमुख अतिथि पुष्कर लोहनीले नेपालमा केही समय हाइकुको महत्व नवुझिएपनि साठीको दशक पछि हाइकु लेखनको गुणात्मक तथा परिमाणात्मक दुवै पक्षमा बृद्धि भएको कुरा बताउनु भयो ।

कार्यक्रम नेपाल हाइकु केन्द्र (नेहा) का अध्यक्ष डा.रामकुमार पाडेको अध्यक्षतामा संचालन भएको थियो । अध्यक्ष पाँडेले हाइकु जापानको संस्कृति भैसकेको र नेपालमा पनि उच्च हिमाली तथा पहाडी भूभाग भएको र हरेक उचाईमा फरक संस्कृति, जैविक विविधता, भौगोलिक आवहवा भएको कारण हाइकु लेखनमा प्रशस्त बिम्बहरु भेटिने र हाइकुको माध्यमवाट चोटिलो अभिव्यक्ति दिन सकिने कुरा बताउनु भयो ।

नेहाका उपाध्यक्ष डा.बम बहादुर जितालीले स्वागत भाषण र सदस्य मित्रबन्धु पौडेलले कार्यक्रमको महत्व माथि प्रकाश पार्नु भएको सो कार्यक्रमको रेशमा मानन्धरले संयोजन गर्नु भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...