Sunday, March 12, 2017

नयासक्ति कतारको सनैया छेत्रीय अधिबेसन सम्पन्न, अदक्ष्य मा अब्दुल मिया !

 

ध्रुब क्षेत्री , दोहा कतार’ २८ फाल्गुन २०७३- आर्थिक संबृद्धि हाम्रो साथ् विदेशका हरेक मजदुर को मनमा नयासक्ति भन्ने नारा दिदै , अन्तर्राष्ट्रिय नेपाली समाज कतार को सनैया क्षेत्रीय समितिको प्रथम अधिबेशन हिजाे मार्च १० मा सनैया को लेबर सिटीमा भव्यताका साथ सम्पन्न भएको छ । नयासक्ति कतार का संयोजक बि बि खरालको प्रमुख अतिथ्य, जनजाति बिभाग संयोजक दिलिप लोप्चनको सभापतित्व र महासचिब महामुद कार्की ले सन्चालन गर्नु भएको भेलामा संगठनका सहसंयोजक लाल भट्ट , प्रवक्ता ध्रुब क्षेत्री , कतारका सचिब राम संजेल ,कोसाद्क्ष्य देब परियार , मुस्लिम बिभाग संयोजक इब्राहिम मिया , दलित बिभाग संयोजक क्रिस्ण परियार , युवा बिभाग संयोजक होम उप्रेती , ओक्रा क्षेत्र संयोजक रामजी सुबेदी , अलखोर क्षेत्र संयोजक निमा लामा, सस्थापक अभियन्ताहरु सन्तोष बस्नेत , सतिश बाबु पाठक , राजु पुडासैनी , लगाएत को उपस्थिति थियो!

अधिबेशन बाट अब्दुल करिम मिया को अध्यक्षतामा केहि पधादिकारी पसी थप्ने गरि ३१ सदस्य कार्य समिति निर्बाचित भएको छ। प्रमुख अतिथि बि बि खराल ले कतार मा नयासक्ति आफ्नो संगठन बिस्तार मा मात्र नभएर यहाका गरिब र निमुखा मजदुर को हक र हित मा लागि रहेको ले निर्बाचित सनैया क्षेत्र को कार्यसमितिले यस कार्यमा सयोग गर्न आग्रह गर्नु भयो साथै उहाले नवनिर्बाचित अध्यक्ष लगायत सम्पूर्ण कार्यसमितिलाइ हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै, निबर्तमान संयोजक पुष्प राज भण्डारी लगायत सम्पूर्ण निबर्तमान कार्यसमितिलाइ अधिबेशन सफल गरी नब-निर्बाचित कार्यसमितिलाई कार्यभार हस्तानान्तरण गर्न सफल भएकोमा नयासक्ति कतारको तर्फ बाट बधाई तथा धन्यबाद व्यक्त गर्नु भएको थियो! भेलामा संगठन का सहसंयोजक लाल भट्ट र प्रवक्ता ध्रुब क्षेत्री ले शुभकामना मन्तब्य राख्नु भएको थियो!

उक्त भेलामा कांग्रेश , एमाले र मावोबादी लगाएत भिभिन्न पाटि परित्याग गरि २६ जना ब्यक्तिहरु नयासक्ति कतार को संगठनामा आबद्द भएको जनाएका छन साथै भेला बाट नयासक्ति कतार ले नवलपरासी दुम्की बाश गाउ बिकाश समिति वार्ड न २ बस्ने बोन क्यान्सर बाट पिडित र थप उपचार को लागि भारत लैजानु पर्ने तर आर्थिक अबस्था कमजोर र आर्थिक सहयोगको याचना गरि रहेका बेल बहादुर परियार का ३२ बर्षीय छोरा को उपचार मा काठमाण्डुको  प्रभु फ़ाइनायेन्श कम्पनि लिमिटेड मा रहेको बिरामी रबिन्द्र परियार को खाता no ( ०१० AZQ ११५५) रकम राखेर सहयोग गरिदिन वा सहयोग को लागि मोबाइल न ००९७७ -९८६७४९०८९४ मा सम्पर्क गर्न समेत देश विदेश मा रहेका सम्पुर्ण नेपाली दाज्यू भाइहरुलाई आग्रह गरेको छ !

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...