Friday, March 10, 2017

मलेसियाको सुभाङमा प्रथम युनिक सास्कृतिक धमाका हुँदै

 

मलेसिया : मलेसियाको काम्पुङ बारु सुभाङ स्थित सुभाङ जया सहरमा युनिक सास्कृतिक परिवारको आयोजनामा भब्य प्रथम युनिक सास्कृतिक धमाका कार्यक्रम हुने भएको छ । युनिक नाम दिएर साङ्गठानिक रुपमा जमात भएका युवाहरुले राष्ट्रीय स्तरका कलाकारको सहभागितामा कार्यक्रम गर्ने भएको सास्कृतिक धमाकाका संयोजक सन्तोस सुनारले जानकारी दिए।
सास्कृतिक धमकाहरु मलेसियामा पछिल्लो समय निक्कै लोकप्रिय बन्दै गएको छ l त्यसै गरि मोडेल आरुशी मगर ,बब्बु थापा ,सुनितामी परियार लगायत धेरै कलाकारहरुले उक्त कार्यक्रममा धमाकादार प्रस्तुति दिने भएका छन् । त्यस्तै स्थानीय कलाकारहरु सिन्दु तामाङ ,कोपिला मगर ,हरि बि,सि ,सन्दीप थापा ,तिलक परियार ,रमेश आँसु बिरही ,हरि बिसि ,एम मगर, सन्जय श्रेष्ठ, प्रवेश बाबू छेत्री राजु बिसि लगायतका अन्य कलाकारहरुको पनि प्रस्तुति रहने अर्का आयोजक हरि बिसिले जानकारी दिए।
मलेसिया रहने सम्पुर्ण नेपाली दाजु भाइ दिदी बहिनीहरु यही आउदै गरेको मार्च 19 आइतबारका दिनमा हुन गइरहेको प्रथम युनिक सास्कृतिक धमाकामा सरिक भएर विशेष रमाइलो गर्दै बर्ष भरीका दुखलाई भुल्ने र भुलाउने सांगीतिक प्रस्तुतिमा रमाउन सम्पूर्ण मलेसियाबासिको साथ् र सहयोग मिल्ने छन भन्ने आशा युनिक धमाका युनिटले लिएको छ । साथै सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदि बहिनिहरुलाई यस प्रथम युनिक सास्कृतिक धमाकामा सामेल भएर साथ सहयोग गर्दै सांगीतिक प्रस्तुतिमा रम्न र रमाउन अनि नाच्न पनि समयोजक सन्तोष सुनारले आग्रह गरे l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...