Monday, March 20, 2017

गैर आवासीय नेपाली (NRNA) का जन्मदाता डा.उपेन्द्र महतो द्वारा कराते खेलाडी सम्मानित

‘मलेसिया । दक्ष जनशक्ति, उद्यमशीलता सम्बृद्ध नेपालको आवश्यकता’ भन्ने मुल नाराका साथ एनअारएन एसिया प्रशान्त ५ अाैं क्षेत्रीय दुई दिने सम्मेलन मलेसियाकाे क्वालालम्पुर स्थित हाेटेल ग्राण्ड कन्टिनेन्टलमा सम्पन्न भएकाे थियो।

गैर आवासीय नेपाली (NRNA) एसिया प्रशान्त सम्मेलनमा प्रमुख अतिथिमा माननीय परराष्ट्रमन्त्री डाःप्रकाशशरण महत ज्यु, विशिष्ट अतिथिमा नेपाल राष्ट्र बैंकका गभर्नर डा:चिरिन्जिबि नेपाल ज्यु साथै अतिथिमा राजदुत डा:निरञ्जनमा सिहं बस्नेत ज्यु र एनअारएन अध्यक्ष डाः शेष घले , एनअारएन संस्थापक अध्यक्ष डा: उपेन्द्र महताे , एनअारएन संरक्षक जिवा लामिछाने  ,महासचिब बद्रि केसि , अारसि किरण बिक्रम थापा , मलेसिया प्रेसिडेन्ट विश्व राई  लगायत विभिन्न देशका प्रेसीडेंटहरु र एनअारएन ए प्रतिनधिहरु लगायतकाे उपस्थिति रहेकाे थियाे ।

मार्च १८ बाट सुरु गरिएकाे सम्मेलनले बिभिन्न  बिषयमा छलफल तथा निर्णय गरेकाे थियो। कार्यक्रममा एसिया भरिका १७ देशका १५० एनअारएन ए प्रतिनिधिकाे उपस्थिति रहेकाे थियाे । सोही कार्यक्रममा नेपाली प्रवासी सितोरियो कराते संघका दुईजना खेलाडीहरुलाई भब्य सम्मान गरिको थियो। सम्मानित  हुनेमा अन्तर्राष्ट्रिय पदकधारी…कर्ण बहादुर राईले फिलिपिन्समा गोल्ड मेडल तथा मलेसियाको मेयर अन्तर्राष्ट्रिय कराते कपमा कास्य पदक, सेलनाइट एसियन कराते प्रतियोगितामा रजत पदक ल्याएर नेपालीको शिर उच्च राखेको भन्दै कर्ण बहादुर राईलाई भब्य सम्मान गरिएको थियो साथै अर्का कराते खेलाडी लक्ष्मी क्षेत्रीले पनि एसिया गोजुरियो प्यासिफिक प्रतियोगीता,,,मेयर अन्तर्राष्ट्रिय कराते कप,,,सेलनाइट एसियन कराते प्रतियोगिता,,,अन्तर्राष्ट्रिय ओकिनावा कराते प्रतियोगिता साथै मलेसियामा हुने विभिन्न अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालको तर्फबाट अन्तर्राष्ट्रिय रेफ्रीको भुमिका खेली देशको नाम उच्च राखेको हुदा लक्ष्मी क्षेत्रीलाई पनि भब्य सम्मान गरिएको थियो साथै हाम्रो प्रवासी कराते खेलाडीहरुको सहि मुल्यांकन गरिदिनु भएको भन्दै कराते संघका अध्यक्ष योगेन्द्र कोइरालाले धन्यवाद प्रकट गरेका थिए।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...