Saturday, April 1, 2017

निर्वाचन आयोग घेर्न गएका डा. बाबुराम भट्टराई पक्राउ

काठमाडौं, २० चैत । निर्वाचन आयोगको कार्यालय घेराउ गर्न पुगेका नयाँ शक्ति पार्टी नेपालका संयोजक सहितका नेताहरू पक्राउ परेका छन् ।

आइतबार बिहान कान्तिपथस्थित आयोगको कार्यालय अगाडि धर्ना बस्न जाने क्रममा संयोजक भट्टराईसहितका नेताहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्ने सांसद गंगा चौधरी, नेताहरू सीपी गजुरेल, परशुराम तामाङ, हिसिला यमी, रामकुमार शर्मालगायत ५०–६० जना नेता कार्यकर्ता रहेका छन् ।

तीन दर्जन बढी साना दलहरूको नेतृत्व गरेर कान्तिपथ पुग्नै लाग्दा प्रहरीले हस्तक्षेप गरेर पक्राउ गरेको हो । पक्राउ परेका नेताहरूलाई महाराजगञ्जस्थित दुई नम्बर गणमा राखिएको छ ।

निर्वाचनमा एउटै चुनाव चिन्हमार्फत मुलुकभरि उम्मेदवारी दिन पाउनु पर्ने मागसहित भट्टराईसहितका नेताहरू कान्तिपथ प्रस्थान गरेका थिए । बाँकी रहेका नेता तथा कार्यकर्ताले आयोगको कार्यालय अगाडि धर्ना दिएका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...