Saturday, April 8, 2017

राजेश पायल राई सफलताको पछाडी लुकेको भित्री पाटो

चैत्र २६ ,काठमाडौं राजेश पायल राई “राई” परिवारमा जन्मेर पनि किरातँ धर्मका अनुयायी हुन् हामी सँगको एक भेटमा उनको आफ्नो जीवन सम्वन्धी धारणाको वास्तबिक रहस्य हामीलाई ब्यक्त गरे ।

हालैमात्र दक्षिण अफ्रिकी मुलुक नाईजेरीयामा नेपाली संगितीक ईतिहासमै पहिलो पटक नेपाली संगितको धुनलाई गुञ्जयमान गराएर बोको हरामको आतंक बाट केहि भए पनि नेपाली जनमानसमा रहेको त्रासलाई संगितको माध्यमबाट छरीयर रहेका नाईजेरीयन नेपालीहरुलाई झुमाएर नेपाल फर्किए पछि राजेशपायलराई फाउण्डेशनको कार्यालयमा राजेश पायल सँग केही भलाकुसारी गर्ने अवसर मिल्यो ।

नाईजेरीयाको राज्य ब्यवस्था, मुद्रा, हावापानी, त्यहाँ कार्यरत नेपालीहरुको अवस्था बाट कुरा सुरुगर्दै जादाँ गौतम बुद्धको पवित्र जन्म भुमिको प्रसंग र रामबहादुर बम्जनको बृहत्त शान्ति पूजापाठ प्रसंगबाट उठेको कुरा वरिष्ट पत्रकार नारायण वाग्लेको प्रथम, दोस्रो र तेस्रो श्रृंखला टिप्पणी÷धारणा सम्मको स्वतन्त्र विश्लेषण पश्चात् हामीलाई उनले आफुले जुनै पनि काम कुरा गर्दा पनि आफुले आफ्नो भित्री हृदयको आवाज सुन्ने र त्यही अनुसार गर्दा मात्र अधिकांश काम कुराहरुमा आफुलाई सफलता मिल्ने र शान्ति प्राप्तहुने गरेको खुलसा गरेका हुन् ।

मनको भावनाले भन्दापनि हृदयको भित्री भावना (आत्मा)बाट गरेका काम कुरामा आफूलाई सन्तुष्ट लागेको र सफलता पनि प्राप्त भएको कुराको भेद हामीलाई खोलेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...