Thursday, April 6, 2017

नेपाली घरको निर्वाचन सम्पन्न गर्न निर्वाचन कमिटी गठन

कोलोराडो अमेरीका
अलिप्र ५, २०१६
कोलोराडोमा सकृय सामाजिक संस्था नेपाली घरको नयां कार्य समिती चयन सफलताका साथ सम्पन्न गर्न एक निर्वाचन कमिटी गठन गरिएको छ ।
संस्थाको बुधबार सांझ सम्पन्न कार्य समितीको बैठकले राजेन्द्र शर्माको संयोजकत्वमा ३ सदस्य निर्वाचन कमिटी गठन गरिएको हो । कमिटीका अन्य सदस्यहरुमा बासुदेब दाहाल र ज्ञानेन्द्र काङ्खले रहेका छन् ।

बैठकले संस्थाको आगामी चुनावमा भाग लिन तथा मताधिकार प्रयोजनका लागी इच्छुक ब्याक्तिहरुलाई आगामी अप्रील ३० भित्र सदस्यता नविकरण तथा नयां सदस्यता लिनसक्न सबैलाई अनुरोध गरेको छ । साथै संस्थाको बार्षिक साधारण सभा आगामी मे २८ मा सम्पन्न गर्ने र कार्य समितीको चुनाव जुन २५ मा सम्पन्न गर्ने यस अघिनै निर्णय भई सकेको छ ।

संस्थाको मार्च २५ मा संम्पन्न बैठकले आगामी कार्य समितीको निर्वाचन सम्पन्न गर्न निर्वाचन कमिटीको नाम सिफरिसको लागी ५ सदस्य रहेको छनौट समिती गठन गरेको थियो । अध्यक्ष योगराज गौतम, उपाध्यक्ष द्धय नातीबाबु भट्ट तथा राज ढुङ्गाना, महासचिव लक्षुमण राना र कोषाध्यक्ष्ँ जगदिश ढकाल रहेको समितीले सिफारिस गरेको ३ जनाको नाम कार्य समितीको बैठकले सर्बसम्मतले अनुमोदन गरेको हो ।

नेपाली घरमा हाल ५० आजिवन सदस्य, ५५ फेम्ली सदस्य, ४८ साधारण सदस्य र ४ मानार्थ सदस्य रहेका छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...