Sunday, April 9, 2017

पूर्व अधिराजकुमारी प्रेरणाको स्वास्थ्य स्थिर

काठमाडौं, २७ चैत । पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मीदेवी सिंहको स्वास्थ्य स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् ।

प्रेरणाको स्वास्थ्यमा समस्या देखिएपछि चैत २५ गते शुक्रबार काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टनेशनल हस्पिटलमा भर्ना गरिएको थियो ।

उनलाई सेरिब्रल भेनस साइनस् थम्बोसिस (Cerebral Venous Sinus Thrombosis) भएको भन्दै अस्पतालले सोही बमोजिमको उपचार गरिरहेको जनाएको छ ।

नर्भिकको स्नायु रोग विशेषज्ञ डा. पंकज जलान तथा पूर्व अधिराजकुमारीका पारिवारिक चिकित्सक डा. किशोर जङ्ग राणा प्रेरणाको उपचारमा संलग्न छन् ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...