Thursday, April 6, 2017

खेलकुदको विकासकालागि पाँच ‘प’को प्रवद्र्धन : सचिव दाहाल

सोलुखुम्बु, २५ चैत । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले खेल क्षेत्रको विकासका लागि मन्त्रालयले पाँच ‘प’को प्रवद्र्धनलाई जोड दिइरहेको बताउनुभएको छ ।

सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा विहिबार नवौँ राष्ट्रपति रनिङ सिल्ड अन्तरमावि खेलकुद प्रतियोगीताको उद्घाटन गर्दै सचिव दाहालले ‘खेलकुदमा लगानी गर्न नडराऔँ’ भन्ने नाराका साथ पाँच ‘प’को प्रवद्र्धनमा मन्त्रालय लागेको बताउनुभयो ।

सचिव दाहालले खेलक्षेत्रको विकासका लागि पाँच ‘प’ अर्थात् पूर्वाधार विकास, प्रशिक्षण, प्रतियोगिता, प्रतिभा छनौट र प्रोत्साहन अति आवश्यक रहेको भन्दै यो कुरामा योजनाबद्ध काम सुरु गरेको बताउनुभयो ।

सचिव दाहालले राष्ट्रिय महत्वका तथा ठूला योजना र प्रतियोगितामा मन्त्रालय केन्द्रित रहने भन्दै गाउँ-नगरमा स्थानीय तहले खेल क्षेत्र प्रवद्र्धनको नेतृत्व लिनुपर्ने बताउनुभयो ।

सदरमुकामस्थित जनजागृति माविको प्राङ्गणमा सुरु भएको प्रतियोगितामा जिल्लाका विभिन्न १४ विद्यालयले सहभागिता जनाएका छन् । तीनदिनसम्म चल्ने कार्यक्रममा महिला÷पुरुष भलिबल, एथ्लेटिक्सलगायत प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष डिवी नेपालीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...