Saturday, April 1, 2017

आफ्नै घरमा चट्याङ लागेपछि लामाको मृत्यु

हेटौँडा, २० चैत । मकवानपुर गढी गाउँपालिका–७ बस्ने २३ वर्षको जीतबहादुर स्यान्ताङ लामालाई शनिबार राति ११ बजे आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेपछि घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उक्त चट्याङको प्रभावले मृतकको तीन जना परिवार सामान्य घाइते भएको र उनीहरु हेटौँडा अस्पतालमा उपचार गरी घर फर्किएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...