Wednesday, April 26, 2017

नारायणगढबाट लुटियो १५ लाख रुपैंया

चितवन, १३ वैशाख । चितवनको नारायणगढ बजारबाट आज दिउँसो नाटकीय रुपमा १५ लाख रुपैंया लुटिएको छ । घरजग्गा कारोबारका लागि बैंकमा रकम झिक्न जाँदा रकम लुटिएको हो ।

घटना आज दिउँसो १२ बजेको हो । नारायणगढको सहिदचोकस्थित नबिल बैंकबाट चेक साटेर भरतपुरतर्फ फर्कने क्रममा जग्गा व्यवसायी तेजबहादुर (केशव) कार्कीका गाडी चालक चित्रबहादुर पौडेलले चेक साटेर बैंक अगाडि पार्किङस्थलमा राखिएको बा १२ च ५९२४ नम्बरको नीलो स्कार्पियो गाडीभित्र पैसा राखेका थिए । गाडी चलाएर हिड्ने क्रममा पछाडिबाट एक व्यक्तिले गाडी पन्चर छ भनेपछि चालक पौडेल चक्का हेर्न जाँदा सो व्यक्तिले गाडीको पछाडि सिटमा राखिएको १५ लाख रुपैंया लिएर फरार भएको बताइएको छ ।

गैंडाकोटका लेखप्रसाद सापकोटाले जग्गा कारोबारका लागि १५ लाखको चेक दिएको र ऊ सँगै चालक पौडेल चेक साट्न बैंक गएका थिए । चेक साटेर नगद लिएपछि सापकोटा बैंकमै रहेको र चालक पौडेल मात्रै रकम लिएर गाडीसम्म पुगेको चालकलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । बैंक अगाडि सिसिटिभी नभएको चितवन प्रहरीले जनाएको छ । रकम चोरी गरी फरार हुनेको हुलिया कालो वर्ण र अन्दाजी २५ वर्षको रहेको प्रहरीले जनाएको छ ।

चोरी गर्ने व्यक्ति पत्ता लगाउन सबै ठाउँमा प्रहरीलाई परिचालन गरी खोजी कार्यलाई तीव्रता दिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए । घटना हेर्दा निकै नाटकीय र रहस्यमय देखिएको प्रहरीले बताएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...