Monday, April 24, 2017

“काले दाई” वाला फिल्म “पर्व” को ट्रेलर रिलिज (ट्रेलर सहित)

गोपी कृष्ण टि भी फिल्मी प्रोडक्सन र सुबास इन्टरटेन्मेण्ट को प्रस्तुति रहेको नया नेपालि कथानक फिल्म “पर्व” को ट्रेलर रिलिज भएको छ l यस भन्दा अघि निश्चल बस्नेत र माला लिम्बु नाच्दै गरेको “काले दाई” बोलको गीत सार्बजनिक भएपछि एकाएक चर्चामा रहेको सो फिल्मको ट्रेलरको निकैले प्रतीक्षा गरिरहेका थिए l अब दमदार ट्रेलर हेरिसकेपछि फिल्मको निकै प्रतीक्षा भईरहेको छ l

आफ्नो छुटै पहिचान बनाउदै पछिल्लो समय आफ्नो बिग्रिएको छविलाई अभिनयको कारणले सुधार्दै आम दर्शकको माया पाईरहेकि नम्रता श्रेष्ठ, त्यस्तै गायनमा आफ्नो छुट्टै स्थान बनाएका गायक कोशिश छेत्री, पछिल्लो समय मोडलिङ्ग गर्दै निकै भिडियोहरुमा देखिदै गएकी माला लिम्बु साथै केशव भट्टराई, जेबिका कार्की, अमितेश शाह, प्रिया रिजाल, श्रीयंश तिमिल्सिना लगाएतका कलाकारहरुको दमदार अभिनय रहेको छ l

कोशिश छेत्रीको कथा रहेको फिल्म पर्वलाई दिनेश राउतले निर्देशन गरेका छन् l त्यस्तै निर्माता तथा कलाकार निश्चल बस्नेत यस फिल्मको गीतमा गायक बनेका छन् भने निकिता पौडेल र सुबास गिरि यस फिल्मका निर्माता हुन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...