Sunday, April 2, 2017

दिपायलको पिपल्ला बजारमा भीषण आगलागी

डोटी ,२० चैत । दिपायलको पिपल्ला बजारमा जीवी पेट्रोल पम्पबाट सुरु भएको आगलागी नियन्त्रणमा आएको छ ।

 

सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दीपायलको पानी बोक्ने ट्यांकर, नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा करिव २ घण्टापछि आगलागी नियन्त्रणमा आएको हो ।

धनगढीबाट पेट्रोल लिएर आएको ना २ ख ४५७९ नम्बरको ट्यांकरबाट पिपल्लाबजार स्थित प्रकाश कपड्यालले सञ्चालन गरेको जेवी पेट्रोल पम्पमा पेट्रोल अनलोड गर्ने क्रममा ट्यांकरमा आगलागी भएको थियो ।

ट्यांकरबाट सल्किएको आगोले पेट्रोल पम्प, ट्यांकर, मोहित होटल र कल्पना सुनचाँदी पसल पुर्णरुपमा नष्ट भएको सुदूरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्रका एसपी मोहनराज जोशीले जानकारी दिए । कल्पना सुनचाँदी पसल काँग्रेस सांसद कल्पना शोभको हो ।

दिपायल सिलगडी नगरपालिकाको दमकल विग्रेर थन्किएकाले आगो नियन्त्रणमा आउन समय लागेको स्थानीय भरत बोहोराले जानकारी दिए । आगो नियन्त्रणका लागि डँडेल्धुराबाट हिँडेको दमकल घटनास्थल पुग्नु अगावै आगो नियन्त्रण आएको छ ।

आगलागीबाट पेट्रोल पम्प नजिकै रहेको राष्ट्रिय बाणिज्य बैंकको शाखा कार्यालय र केही घरमा सामान्य क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...