Friday, April 21, 2017

अरुण नदी थुनिएकाले सतर्क रहन आग्रह

भोजपुर, ८ वैशाख । अरुण नदी थुनिएपछि जिल्ला प्रशासन कार्यालय भोजपुरले प्रभावित स्थानका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

दुई दिनदेखि अरुण नदी थुनिएर बनेको ताल फुटेर हुन सक्ने सम्भावित दुर्घटनाबाट सतर्क रहन प्रशासनले भोजपुर जिल्लाको नदी किनार आसपास साल्पासिलिथो गाउँपालिका, अरुण गाउँपालिकाको लेगुवा बजार र षडानन्द नगरपालिकाको देउरालीका बासिन्दालाई आग्रह गरेको हो ।
जिल्ला दैवीप्रकोप उद्धार समितिको आज बसेको आकस्मिक बैठकले ताल फुटेर हुन सक्ने खतराबाट सजग हुन सर्वसाधारणलाई सूचना गर्ने र नदीको किनारमा माछा मार्न, गाईवस्तु चराउन, डुङ्गामा आवतजावत गर्नसमेत रोक लगाउने निर्णय गरेको समितिका संयोजक एवम् प्रजिअ गोमादेवी चेम्जोङले जानकारी दिनुभयो । बिहीबार गेगरसहितको बाढीले सङ्खुवासभाको अरुण नदीमा झन्डै तीन किमीको तलाउ बनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...