Monday, April 10, 2017

आगलागी अझै नियन्त्रणमा आएन, हालसम्म ४० घर जले

लहान, २८ चैत । सिरहाको सखुवा नन्कारकटी–८ सिमराहास्थित दलित वस्तीमा आज साँझबाट सुरु भएको भिषण आगलागीबाट अहिलेसम्म ४० वटा घर जलेर नष्ट भइसेको छ ।

स्थानीय हरिनारायण मण्डल(खत्बे)को परालको थुप्रोबाट सल्केर सुरु भएको आगलागीमा २५ परिवारको ४० घर जलेर नष्ट भइसकेको र आगलागी अझै पूर्णरुपमा नियन्त्रणमा आइनसकेको इलाका प्रहरी कार्यालय महेशवारी सिरहाका प्रहरी नायब निरीक्षक रामकृष्ण चौधरीले जानकारी दिनुभयो ।

आगलागी अझै जारी रहेकाले आगलागीबाट अहिलेसम्म के कति धनजन क्षति भयो भन्ने यकिन हुन नसकेको प्रहरी नायब निरीक्षक चौधरीले बताउनुभयो ।

साँझ ५ बजेबाट सुरु भएको आगलागी स्थानीयवासी र प्रहरी मिलेर निभाउने प्रयास जारी राखेपनि आगलागी अझै नियन्त्रणमा आउन नसकेको स्थानीयले बताएका छन् ।

आगो निभाउन लहान, सिरहा र राजविराज नगरपालिकाको बारुणयन्त्रलाई खबर गरेपनि कुनै पनि बारुणयन्त्र आईनपुगेकाले आगो नियन्त्रणमा कठिनाई भएको स्थानीय रामानन्द यादवले बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...