Sunday, April 23, 2017

देशमा राजनीतिले नयाँ मोड लियोः ऊर्जामन्त्री

रुकुम, १० वैशाख । ऊर्जामन्त्री जनार्दन शर्माले मधेसी मोर्चासँग भएको समझदारीसँगै देशको राजनीतिले नयाँ मोड लिएको बताउनुभएको छ ।
स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रका उम्मेद्वारको घोषणा कार्यक्रमलाई आज चौरजहारीमा सम्बोधन गर्दै उहाँले मोर्चासँग भएको समझदारी इमान्दारीपूर्वक कार्यान्वयन हुने दाबी गर्नुभयो ।
अब मुलुकमा शान्ति, स्थायित्व र विकास निर्माणमा महत्वपूर्ण योगदान गर्नुपर्ने मन्त्री शर्माको भनाइ थियो । उहाँले एमालेलाई विश्वासमा लिई मोर्चासँग भएको सहमति कार्यान्वयनमा जाने बताउनुभयो ।
मोर्चालाई राष्ट्रिय राजनीतिको मूलधारमा आउन र संविधान कार्यान्वयन गरी मुलुकमा शान्ति, स्थायित्व र समृद्ध मुलुक निर्माणमा एमाले बाधक नबन्ने विश्वास व्यक्त गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...