Thursday, April 6, 2017

पूर्वराजाका नातिको भोज खान राष्ट्रपतिदेखि राजेन्द्र महतोसम्म

काठमाडौं, २४ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना नाती हृदयन्द्रको गत चैत १७ गते निर्मल निवासमा भएको व्रतबन्धको अवसरमा आज काठमाडौंको होटल सोल्टीमा भव्य भोज दिँदैछन् । भोजमा ज्ञानेन्द्रले राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री सभामुख, मन्त्रीलगायतलाई निम्त्याएका छन् । जसमा भारत तथा नेपालका जोगीहरुलाई निमन्त्रण गरेका छन् ।

त्यस्तै सन्त महन्थहरू, पत्रकारहरू, मिडिया व्यवसायी, कलाकार, संसदमा प्रतिनिधित्व गर्ने र नगर्ने राजनीतिक दलका नेताहरूलाई पनि भोजमा निम्ता पठाइएको बताइएको छ ।

भोजमा स्वेदेशी तथा विदेशी गरी दुईहजार भन्दा बढी पाहुनाका लागि अर्डर भएको होटल स्रोतले जनाएको छ । पूर्व राजा ज्ञानेन्द्रले निम्तालुहरुलाई पठाएको निम्ता कार्डमा आफूलाई ‘पूर्व श्री ५ महाराजाधिराज’ को हैसियतमा प्रस्तुत गरेका छन् ।

पूर्वराजाले आयोजना गरेको भोज संयोगबस उनीविरुद्ध देशमा सरु भएको दोस्रो जनआन्दोलन एकै दिन परेछ । ०६२/६३ चैत २४ गतदेखि नै सुरु भएको आन्दोलनले दोस्रो ठूलो आन्दोलनको रुप लिएको थियो ।

जुन आन्दोलनले उनलाई राजगद्धीबाट विदाई हुनुपरेको थियो भने राजसंस्था नै समाप्त भएको थियो । उनले यो दिनलाई सम्बन्ध विस्तारको रुपमा मनाउन खोजेको हुन सक्ने अनुमान गरिएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...