Sunday, April 30, 2017

अमेरिका नेपाल सहयोगी समाजको अध्यक्ष मा कमला खरेल निर्वाचित

अप्रिल ३० ,डिसी महानगर क्षेत्रको भर्जिनिया को मनासस शहरमा सन् २००८ मा स्थापना भएको अमेरिका नेपाल सहयोगी समाज को अध्यक्ष पदमा कमला खरेल निर्वाचित भएकी छिन् l अप्रिल ३० तारिख बसेको साधारण सभाले नया कार्यकारी समितिको चयन समेत गरेको छ l

डीसी क्षेत्र को अत्यधिक क्रियाशील तथा अमेरिकामा नै सक्रिय संस्था मध्ये मै अग्र पंक्तिमा स्थापित गरेको अमेरिका नेपाल सहयोगी समाजमा खरेल तथा अन्य पदाधिकारीहरु निर्बिरोध निर्वाचित भएका हुन् l

स्थापना काल देखि नै सक्रिय भूमिका निर्वाह गर्दै आएकी कमला खरेल विभिन्न पदमा स्थापना काल देखि नै सक्रिय रहेकी छिन् भने उनले यस संस्थाले आयोजना गर्ने तीज कार्यक्रमलाई सफल बनाउन उनको ठुलो हात रहेको छ l आज सपथ लिदै म एक्लै ले मात्र केहि गर्न सक्दिन सवै को सामूहिक प्रयास चाहिन्छ भन्दै संस्थाको सदस्यता बढाउने र संस्था द्वारा संचालित नेपाली पाठशालालाई कसरि राम्रो गर्न सकिन्छ त्यसमा काम गर्ने बताइन् l

निर्वाचन आयुक्त संस्थाका संस्थापक अध्यक्ष सागर कंडेलले सपथ ग्रहण गराउनु को साथै निर्वाचन समितिका सदस्यहरुको परिचय गराएका थिए l कंडेलले कमला खरेल मा सम्भावना आफुले देखेको भन्दै राम्रो काम गर्ने कुरामा बिश्वस्त रहेको बताए l निर्वाचित पदाधिकारीहरुले आफ्नो परिचय दिदै मन्तब्य राखेका थिए l कार्यक्रममा डीसी क्षेत्रका प्रख्यात कविहरुले कविता वाचन समेत गरेका थिए भने साधारण सभामा महा सचिव तथा कोषाध्यक्ष को प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो l

भर्खर निवर्तमान अध्यक्ष भएका पदम रेग्मीले अध्यक्ष लगायत नव निर्वाचित समितिलाई बधाई दिएका थिए l रेग्मीले अगाडी मन्तब्य राख्दै आफ्नो सामुदायिक भवन बनाउने सपना भएकोले कमला खरेलको नेतृत्वले यस्मा पहल गर्ने छ भने र आफु पछाडी रहने बताए l नया कार्यकारी समितिले सल्लाहकार लगायत अन्य पदमा मनोनित समेत गरेको छ l

साधारण सभामा राष्ट्रिय गीत ,दोश्रा पुस्ताका बालबालिकाले नृत्य प्रस्तुत गर्नुको साथै नाचगान कार्यक्रम समेतको आयोजना गरेको थियो l निर्वाचित हुने पदाधिकारिहरुमा कमला खरेल अध्यक्ष , मुक्ता पौडेल उपाधक्ष्य ,बिवस अर्याल सचिव ,आरती सिग्देल सहायक सचिव तथा लक्ष्मण सापकोटा कोषाध्यक्षमा निर्वाचित भएका छन्

यसै गरि कार्यकारी समितिमा रोम ज्ञवाली ,बिष्णु शर्मा ,उमेश अधिकारी ,किशोर ढुंगाना ,शान्त न्यौपाने तथा मौशम श्रेष्ठ रहेका छन् l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...