Tuesday, April 11, 2017

बनेपा नगरपालिका वडा न.२ का जनताको प्रश्न फेरी के आधारमा भोट दिने ??

ध्रुब क्षेत्री-काभ्रे ,बनेपा , आज भन्दा करिब ५ बर्ष अगाडि हालको बनेपा नगरपालिका वडा न २ को श्री रत्न चुन्णे शवर मा .वि को  चउर भन्दा  करिब ३० मिटर तल एउटा ट्याकि निर्माण गर्न का लागि   तत्कालिन स्थानीय  समाजका अगुवाहरुको पहलमा जिल्ला बिकास समिति बाट बिकाश खर्च स्वरुप रु ५,००,००० बजेट निकासा गरियो र त्यही योजना अनुरुप कामको सुरुवात भएको थियो ! तत्कालिन अबस्थामा त्यहाँका लगभग २०० घर धुरि जनसमुदायहरु कोकाकुल  हुन  बाट जोगिने भहियो   भनेर खुसिले गदगद भएका थिए !   स्थानिया चुनाब नभएको लामो समय तथा  जनप्रतिनिधि बिहिन स्थानिय निकाय भएका कारण   समयमानै  काम सक्ने उदेस्यले एक जना राम्रो अध्यक्ष को छ्नोट गर्ने र काम सफल गर्ने उदेस्यले सबै राजनीति पार्टी  र स्थानीय जनताको सहमतिमा पुर्ब टुकुचा गाबिसमा   एमालेबाट अद्क्ष्य निर्बाचित भइ सक्नु भएका राजकृष्ण  गिरि लाइ  उक्त जिम्मेवारीमा सर्बसम्मत  निर्बाचित गरि कार्यसम्पादन को जिम्मेवारी सुम्पियो! तर बिडम्बना भनौ या उहाको सुस्तता ले हो आज सम्म उक्त पानी टयांकी निर्माण  कार्य सम्पन्न भएको छैन भने ट्यांकी  आधा काम भएर  पनि जिर्ण अबस्थामा छ साथै  जिल्ला बाट दिनु पर्ने  रकम सबै निकासा भएको र सबै बजेट सकी सकेको  समाजलाई अनौपचारीक रुपमा अद्क्ष्य बाट जानकारी गराईयो तर अदक्ष्य   बाट आज सम्म कमिटि लाइ  औपचारिक रुपमा आय-ब्यय  र घाटा नाफा को जानाकारी  गरिएको छैन यस्ता अनगिन्ति ब्यथिति  र काम गर्न नसक्ने  गाउका पुर्बहरुलाई फेरी त्यहाँका जनाता ले के अधार मा मतदान गर्ने भन्ने कुरा सामाजिक संजाल तथा चिया पसल हरु मा सुनिदै आएको छ!
 सामाजिक संजाल तथा स्थानीय भेटघाटमा हेर्दा,स्थानीय जनताहरु  आक्रोसित हुदै  हाल पाच बर्ष पछि पनि टयांकी आधाको आधानै छ भने बजेट खोई काम किन गरिएन?? के कारणले रोकियो किन समाज लाइ जानकारी भएन भन्दै आउने स्थानीय चुनाबमा  यस्तै तरिकाले के भनेर यिनीहरुले  मत माग्लान भन्दै स्थानीयहरु प्रश्न गरि रहेका छन् ???

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...