Tuesday, April 4, 2017

आज चैते दशैं, शक्ति पीठमा भीड

काठमाडौं ,२२ चैत । आज चैत शुक्ल अष्टमी, अर्थात हिन्दूहरुको पर्व चैते दशैं । देवीको पूजा र उपासना गर्दै मनाईंदै छ ।

 

असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दूहरुले वर्षको दुईपटक दशैं मनाउने गरेका छन् । असोजमा मनाइने दशैंलाई बडादशैं र चैतमा मनाइनेलाई चैते दशैंका रुपमा चिनिन्छ ।

यद्यपि, असोजमा जस्तो धुमधामका साथ चैते दशैं मनाउने गरिएको छैन । चैतमा अष्टमीको दिनलाई दशैं भनेर हिन्दूधर्मालम्बीहरुले रमाइलो गर्छन् ।

दशैंमा घर–घरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुईपटक चैत र असोजमा गरिने दुर्गापूजाको महत्वबारे शास्त्रमा वणिर्त छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...