Saturday, April 8, 2017

पर्बत समाज युएइ द्वारा जेहन्दार विद्यार्थीलाई आर्थिक सहयोग

निमकान्त पाण्डे,२६ चैत्र,दुबई। पर्बत सेवा समाज युएइले अप्रिल ७ तारिक सुक्रबारका दिन बरदुबई मा एक कार्यक्रमको आयोजना गरी अतीबिपन्न परिवारका ज्याहान्दार विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ। समाजको दुबई क्षेत्रीय समिति ०१५/१७ ले नगद ७५ हजार रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको हो। सहयोगमा अग्रणी भूमिका शिक्षा क्षेत्र भएको हुदा जिल्लाभित्रका बिभिन्न स्कुलमा अध्यानरत बिद्यार्थीहरुको नाम समितिको बैठकले अनुमोदन गरेको कार्यक्रममा जानकारी गरिएको थियो।


जिल्ला भित्र रहेको जनजागृति नि.मा.बि भिडाबारीबाट संगीता खत्री,पुर्णेश्वर उच्च मा.बि.बाट वालिका सुबेदी, बाल ज्योती प्रा.बि.बेउलीबासबाट आयुष्मा चुदारो,अन्नपुर्ण मा.बि.कार्किनेटाबाट उदबिता पौडेल,दालपोखरी प्रा.बि.ढुलुङ्गे काफल टोल बाट प्रतिभा पौडेल लाई प्रति बिद्यार्थी १५ हजार रुपौयाका दरले सहयोग गरेको पुर्ब क्षेत्रीय अध्यक्ष तथा आर्थिक संकलन संयोजक तिलक साप्कोटाले बिवरण प्रस्तुत गर्दै केहि दिन भित्रै रकम हस्तान्तरण गरिने जानकारी गराए । परशुराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि समाजका संरक्षक मणि भुर्तेल अतिथिहरु जगदीश पौडेल,गंगाधर शर्मा,राजेन्द्र अधिकारि,पत्रकार निमकान्त पाण्डे,दुबई क्षे.अध्यक्ष बिनोद पौडेल रहेका थिए भने कार्यक्रम महासचिब कमल लामिछ्ने ले संचालन गरेका थिए,कार्यक्रमको स्वागत मन्तब्य सरोज जी सी ले राखेका थिए । बिगतका दिनहरु देखि समाजले बिभिन्न किसिमका सहयोगहरु हस्तान्तरण गर्दै आइरहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...