Thursday, April 20, 2017

कति छन् त स्पेनमा नेपाली …तथ्यांक संकलन सुरु

स्पेन । स्पेनमा नेपालीहरुको बसोबास शुरु भएता पनि हाल सम्म कति संख्या पुग्यो भन्ने एकिन तथ्यांक छैन । विभिन्न अड्कलबाजी र बढ्दो संख्यालाई हेर्दा स्पेनमा करिब १०-१२ हजारको संख्यामा नेपालीहरु रहेको अनुमान गरिएको छ ।
गैर आवासीय नेपालि संघ स्पेन र यहाँ स्थित संघ संस्थाको सहयोगमा तथ्यांक संकलन कार्यलाई अगाडी बढाईने भएको छ । गैर आवासीय नेपालि संघको पहलमा यो कार्यलाई तिब्रता दिने निर्णय गरेको हो । कार्य सम्पादनलाई सहजता प्रदान गर्न यो कार्यमा लागिएको संघका अध्यक्ष मुक्त गुरुङले जानकारी दिनुभयो ।
गुरुङले भन्नु भयो – हामी बिभिन्न कारणले हाम्रो घर, परिवार र देश छाडेर परदेशमा छौ हाम्रो सुख ,दूख बिसाउने घर परिवार भनेको नै हामी सबै नेपाली हरूको सामूहिक एकता हो । एउटै परिवार भित्रका सदस्यको पनि फरक फरक सोच र बिचार हुन सक्छन् तर परिवार भित्र एकताको सुत्रमा जोड्ने र जहाँ भैपरि आउने समस्याहरूको सामूहिक रूपमा सहयोग गर्दै समाधान गर्नु हामी सबैको नैतिक दायित्व हो । त्यसै कारण एन आर एन ए स्पेनले “नेपालीका लागि नेपाली” भन्ने मुल मर्म अनुसार स्पेन भरि छरिएर रहेका नेपालीहरूको तथ्यॉक संकलनको अभियान संचालन गरिएको हो ।

सम्पूर्ण स्पेनबाशी नेपालि दिदि बहिनि तथा दाजु भाई हरुलाई तथ्यॉक भर्न र भराउने काम गरि य

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...