Tuesday, April 4, 2017

हिमालयन लायन्स क्लबमा अध्यक्ष बिमल नेपाल पछि राम थापा अध्यक्ष

समाचारदाता ,बोस्टन, म्यासाचुसेट्त्स ,बोस्टन क्षेत्र मा सक्रिय हिमालयन लायन्स क्लबले आगामी २ बर्षको लागि राम थापाको अध्यक्षतामा नया कार्य समितिको चयन गरेको छl

हिजो यहाँ आयोजित एउटा लायन्स रात्री सभामा क्लबको ७ औं ‘चार्टर नाइट’ (स्थापना दिवस) मनाईयो l

क्लबका बर्तमान प्रेसिडेन्ट बिमल नेपाल (फोटोग्राफर) को सभापतित्वमा सम्पन्न सो कार्यक्रममा लायन्स क्लब इन्टरन्याशनल डिस्ट्रिक्ट ३३केका पदाधिकारीहरु र बोस्टन क्षेत्रका सामाजिक व्यक्तित्वहरुको ठुलो सहभागिता थियो l

क्लबका चार्टर प्रेसिडेन्ट महेश्वर पन्त ले संचालन गर्नुभएको थियो भने पूर्व प्रेसिडेन्ट तथा निर्बाचन आयुक्त बिष्णु कार्कीले निर्बाचित पदाधिकारी र बोर्ड अफ डाइरेक्टर हरुको घोषणा गर्नु भएको थियो l

नबनिर्बाचित प्रेसिडेन्ट राम थापा लगाएत सम्पूर्ण पदाधिकारीहरुलाई डिस्ट्रिक्ट ३३केका गवर्नर एन्डी पोर्टर ले पदस्थापन र सपथ ग्रहण गराउनुभएको थियो l


२०१७-२०१९ का लागि क्लबका फर्स्ट भाइस प्रेसिडेन्टमा पेशल रेग्मी, सेकेन्ड भाइस प्रेसिडेन्ट मा सन्तोष सुबेदी र थर्ड भाइस प्रेसिडेन्टमा गोबर्धन पूजा चुनिनु भएको छ. त्येस्तै गरि क्लबका कोषाध्क्ष्य तथा सचिब मा थानीरत्न कंडेल, मेम्बर सेक्रेटरी मा ज्ञानप्रकाश शर्मा (जीपीयस), टेल ट्वीस्टरमा दिनेश पाण्डे र ट्यामरमा राम धिताल चुनिनु भएको छ l

२००९ मा स्थापना भएर २०१०मा चार्टर भएको हिमालयन लाइन्स क्लबले नियमित रुपमा निशुल्क आँखा शिबिर, रक्तदान जस्ता मानब सेवी कार्यक्रम चलाउदै आएको छ भने फण्डरेज का लागि तीज लगाएत बार्षिक संस्कृतिक कार्यक्रम, सांगीतिक कन्सर्ट, फिलिम देखाउने, चन्दा उठाउने, स्टोरमा डोनेसन बाकस राखेर खुद्रा सहयोग संकलन गर्ने आदि काम गर्दै आएको छ l

कार्यक्रममा सचिब पेशल रेग्मीले आर्थिक तथा बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने नबनिर्बाचित प्रेसिडेन्ट थापा ले मन्तब्य दिदै क्लबलाई कुशल नेतृत्व प्रदान गर्ने अठोट गर्नुभएको थियो l

क्लबले हाल सम्म नेपालमा एक स्कुल मा पुस्तकालय भवन बनाएर हस्तान्तरन गरिसकेको छ भने, गत बर्ष को भुकम्प पिडित सहयोग कोष मा अन्य संस्था संग मिलेर ठुलो रकम सरकारलाई पठाएको थियो. क्लबले हरेक बर्ष आर्थिक रुपमा कम्जोर स्कुललाई त्यहाँ पढ्ने गरिब विद्यार्थी को सहयोगार्थ १५०० डलर पठाउदै आएको छ l

क्लबमा हाल ३८ सदश्य रहेका छन l या कार्य समितिले जुलाईबाट आफ्नो पद भार सुरु गर्ने छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...