Friday, April 28, 2017

पानी अभियानमा एन आर एन संस्थापक संरक्षक श्री राम प्रताप थापाले एक लाख सहयोग गर्ने

एन आर एन संस्थापक संरक्षक तथा एन आर एन अभियन्ता एवम जर्मनिका लागि नेपाली महावाणिज्यदूत श्री रापप्रताप थापा ज्यूले सुनपुर दाङमा चलिरहेको पानी अभियानलाई रु एक लाख सहयोग गर्ने घोषणा पानी अभियानकर्ता मित्रलाल पार्देसित डेनमार्क भएको भेटमा गर्नु भएको छ । विदेशी भुमिबाट एक साधारण युवाले शुरु गरेको पानी अभियानको नारा हामी सबैको साझा नारा बन्नु पर्छ र पानी अभियान सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै पानी अभियानकर्ता मित्रलाल पार्देसितको भेटमा उक्त कुरा बताउनु भएको थियो । श्री थापाद्दारा अभियानकर्तालाई प्रेषित गरिएको शुभकामना सन्देश , “Mitralal ji, my best wishes for your water campaign. बिशेष गरेर भुकम्प पछि धेरै गाउँमा पानीको मुहानहरु ठप्पै सुकेका छन् । त्यसैले यो पानी अभियान वास्तविक र सार्थक पनि छ । सबै नेपालको स्थिति हेर्दा सबैको घर नजिकमा स्वस्थ र सफा पानी हुनुपर्नेमा धेरै ध्यान दिनुपर्ने देखिन्छ । मेरो तर्फबाट तपाईं र पानी अभियानको सफलताको शुभकामना ।”

स्मरण रहोस् हरेक घर धारो होस् , हरेक गाउँ सिंचाइ होस् भन्ने नारा फेसबूक स्ट्याटसबाट सारेर अगाडि बढेको पानी अभियानले सुनपुर दाङमा बोरिङ खन्ने काम भैसकेको छ भने सुनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समिती अध्यक्ष प्रेम केसीले पाइप र ट्यान्की निर्माण गर्नको लागि सहयोगी हातहरु अगाडि बढाउन हार्दिक अनुरोध गर्नु भएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...