Thursday, April 20, 2017

निर्वाचनबारे जनतासम्म सूचना प्रवाह गर्न सभामुखको आग्रह

काठमाडौँ, ७ वैशाख । सभामुख ओनसरी घर्तीले आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनसम्बन्धी सूचनालाई प्रभावकारी रूपमा जनतासमक्ष पु¥याउन आग्रह गर्नुभएको छ ।

‘लोकतन्त्रको आधार ः सूचनाको अधिकार’ भन्ने मूल नाराका साथ आजबाट सुरु भएको सूचनाको हकको प्रभावकारी प्रचलनका लागि आयोजित राष्ट्रिय सम्मेलन, २०७४ को आज यहाँ उद्घाटन गर्दै सभामुख घर्तीले १९ वर्षपछि आएको स्थानीय तहको निर्वाचनमा सबै नागरिकलाई सहभागिता गराउन निर्वाचनसम्बन्धी सूचनालाई सञ्चार माध्यमबाट प्रवाह गर्न आग्रह गर्नुभयो ।

“लोकतान्त्रिक व्यवस्थालाई जनउत्तरदायी बनाउन सूचनाको हकको महत्वपूर्ण भूमिका रहेको हन्छ, सूचनाको हकको महत्वलाई आत्मसात् गरी नेपालको संविधानले धारा २७ अन्तर्गत मौलिक हकका रूपमा सूचनाको हकको ग्यारेन्टी गरेको छ” – सभामुख घर्तीले भन्नुभयो ।

संवैधानिक व्यवस्थाका अतिरिक्त राज्यका काम कारबाही लोकतान्त्रिक पद्धतिअनुरूप खुल्ला र पारदर्शी बनाई नागरिकप्रति जवाफदेही र जिम्मेवार बनाउने, सार्वजनिक निकायमा रहेको सार्वजनिक महत्वको सूचनामा आमनागरिकको पहुँचलाई सहज बनाउने उद्देश्यले सूचनाको हकसम्बन्धी ऐन व्यवस्थापिका–संसद् मार्फत पारित गरी लागू गरेको सभामुख घर्तीको भनाइ छ ।

सूचना आयोगले आयोजना गरेको सो सम्मेलनमा आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले सूचना सहजै रूपमा सार्वजनिक गरे पनि तल्लो निकायले सूचना सार्वजनिक गर्न आनाकानी गर्दै आएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले सूचनाको हकसम्बन्धी ऐन पत्रकारका लागि मात्र नभएर समग्र जनताका लागि भएको हुँदा त्यसको प्रयोग गरी सूचना लिनुपर्नेमा जोड दिनुभयो । एकदिने सम्मेलनले काठमाडौँ घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...