अमेरिकाको टेक्सस राज्यको ड्यालसमा स्थापना भएको ड्यालस गोर्खाज फूटबल क्लवले एक मैत्रीपूर्ण खेल ड्यालस क्रूज एजुल फूटबल क्लव बिरुद्ध खेल्ने भएको छ l आगामी मे १४ तारिखका दिन ड्यालस स्थित एटिएनटि स्टेडियम (रंगशाला) मा मैत्रीपूर्ण खेल खेल्ने अवसर प्राप्त गरेको छ l मैत्रीपूर्ण खेल खेल्ने भए पछि यस भेकका नेपाली समुदाय उत्साहित देखिएका छन् l
सन् २००९ मा स्थापना भएको उक्त ड्यालस गोर्खाज फूटबल क्लव स्थापना काल देखि नै व्यवसायिक रुपमा खेल खेल्दै आएको छ l क्लवले अमेरिकामा स्थानीय,क्षेत्रीय तथा राष्ट्रिय स्तर को खेल नेपाली समुदायको साथै अन्य प्रतियोगितामा सहभागी जनाउदै आएको छ l
विश्व कै उत्कृष्ट अत्याधुनिक प्रविधि द्वारा निर्मित उक्त एटिएनटि रंगशाला त्यतिकै हेर्न लायक रहेको छ l हेर्न मात्र दस्तुर तिरेर जानु पर्ने रंगशालामा नेपाली समुदायको प्रतिनिधित्व गर्दै नेपाली भकुण्डो टोलि सहभागी हुन् पाउनु नै गर्व लाग्ने खेलाडी विनोद बिष्टले ईनेप्लिजलाई बताए l
१ लाख ५ हजार दर्शक अटाउने उक्त रंगशाला पूर्व काउब्वाईज रंगशालाको नामले सुप्रसिद्ध छ l उक्त खेल हेर्न नेपाली समुदायको उत्साहजनक रहने आशा गरिएको छ l गत बर्षमा यहि रंगशालामा खेल्ने अवसर पाएका ड्यालस गोर्खाज फूटबल क्लवले यस पटक राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ l
गत बर्ष पनि नेपाली दर्शकको राम्रो सहभागिता रहेकोले यस पटक पनि क्लबले सवै नेपाली समुदायलाई सहभागी हुन् अनुरोध समेत गरेको छ l ड्यालस गोर्खाज फूटबल क्लवमा अमेरिकामा जन्मेका र अमेरिकामा हुर्केका नेपाली मूलका दोश्रो पुस्ताका होनहार यूवा खेलाडीहरु रहेका छन् l
No comments:
Post a Comment