Sunday, April 2, 2017

मेरिल्याण्डमा नेपालीले ५० औ पटक रक्तदान गरे

अप्रिल २, विजय थापा,मेरिल्याण्ड राज्यको अमेरिकन रेडक्रसको व्हाइट मार्शमा सम्पन्न भएको रक्तदान कार्यक्रममा आज नेपाली समुदायले रक्तदान गरेका छन् l बल्ड डोनर्स अफ अमेरिका को मेरिल्याण्ड शाखाले आयोजना गरेको उक्त रगतदान कार्यक्रममा बालानन्द भण्डारीले आज समेत गरेर ५० औ पटक रक्तदान गरेका छन् l

अमेरिकामा नेपाली मूलका नेपाली समूदायले सय पटक भन्दा ज्यादा रक्तदान गरेका छन् l रक्तदान गरेर शरीर कमजोरी हुन्छ भन्ने सोचाई बिल्कुल गलत भएको सयौ पटक रगतदान दिने रक्तदाताले प्रमाणित गरि सकेका छन् l ज्वलन्त उदाहरण न्युयोर्कका अर्जुन मैनाली हुन् भनि उनि बल्ड डोनर्स अफ अमेरिकाका संस्थापक पनि हुन् l

उक्त रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरुमा बालानन्द भण्डारी ,डा नन्द रेग्मी ,ध्रुव खड्का ,भरत उप्रेती ,जीवन जोशी ,गोकर्ण जोशी तथा भरत गहतराज रहेका थिए l कार्यक्रमको संयोजक बल्ड डोनर्स अफ अमेरिका को मेरिल्याण्ड शाखा को संयोजक केमिका भण्डारीले गरेकी थिइन l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...