Monday, April 24, 2017

यूथ इन्स्पीरेशन अवार्ड २०१७ बाट धुर्मुस–सुन्तली र विजय सापकोटा एक साथ सम्मानित

बाल कृष्ण भट्ट । बैसाख ११
राजधानी स्थित राष्ट्रिय सभा गृहमा आजबाट दुईदिने यूथ सार्क रिजनल कन्फेरेन्स सुरु भएको छ । ‘युथ पार्लियामेन्ट नेपाल’ले आयोजना गरेको उक्त सम्मेलन यही बैशाख ११ र १२ गते सम्म चल्ने जनाईएको छ ।

नेपालमा नै पहिलो पटक अन्तर्राष्ट्रिय प्रतिनिधिको सहभागितामा आयोजना गरिएको उक्त सम्मेलनमा सार्क राष्ट्रका चार–चार जना युवाको सहभागिता रहनेछ भने नौ वटा निरिक्षक देश र अन्य मित्र राष्ट्रहरूको समेत सहभागिता रहेको छ ।

उक्त सम्मान कार्यक्रममा आज पूर्व राष्ट्रपति डा.रामवरण यादव, परराष्ट्रमन्त्री डा. प्रकास शरण महतको बाहुलीबाट “यूथ इन्स्पीरेशन अवार्ड २०१७” ले धुर्मुस–सुन्तली, विजय सापकोटा लगायत अन्य चार जनालाई ‘यूथ इन्स्पीरेशन अवार्ड २०१७ द्धारा सम्मानित गरीएको छ ।

सामाजिक सेवामा क्रियाशील रहि सामाजिक बिकास, सद्भाव र चरम गरिबी तथा अशिक्षाको भूमरीमा रुमल्लिएका मुसहर समुदायको उत्थानका लागि गरेको प्रयत्नको कदर गर्दै धुर्मुस–सुन्तली र अस्ट्रेलिया स्थित न्यू साउथ वेल्समा करिब २ सय देशका २ लाख बढी अन्तर्राष्ट्रिय बिद्यार्थीहरुमध्येबाट २०१७ मा उत्कृष्ट छनोट भएका यू टि एस विश्वविद्यालयमा इन्जिनियरिङ बिषय लिई अध्ययनरत चितवन निवासी विजय सापकोटालाई नेतृत्वदायी भूमिका निर्वाह गरेको, बहुसांस्कृतिक समाज निर्माणका लागि महत्वपुर्ण भुमिका खेलेको, सामाजिक उत्थानमा लागेको भन्दै उक्त अवार्ड प्रदान गरीएको हो ।

३ बर्षअघि मात्र विद्यार्थी भिषामा चितवनबाट सिड्नी जानुभएका उहां सोही विश्वविद्यालयको काउन्सिलको सदस्य पनि हुनुहुन्छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...