Wednesday, April 26, 2017

सिंगापुरमा नया डोजोको उद्घटान खिलाड़ी र गुरूहरु सम्मानित त

मलेशिया 2017 अप्रिल 15 तारिखमा स्पेसल कराते ट्रेनिङ र सिङापुरमा 22 तारीखमा सिङापुर सितोरियो कराते संघको नयाँ सेन्टर डाेजो उद्घाटन र एसिया प्यासिफिक सितोरियो कराते महासंघको काता सेमिनार सम्मपन्न भएको छ।

नेपाल बाट आउनु भएका मोरङ जिल्ला खेलकुद बिकास समितिका कराते सह-प्रशिक्षक तथा मोरङ जिल्ला सितोरियो कराते संघका अध्यक्ष बिमल पोखरेल तथा मोरङ जिल्ला खेलकुद बिकास समितिका कराते सह-प्रशिक्षक इन्द्रजित राजभण्डारी र नेपाली प्रवासी सितोरियो कराते संघ,मलेशियाका अध्यक्ष योगेन्द्र कोइराला साथै कराते पदक धारी कर्ण बहादुर राईले मलेसियामा भएको स्पेसल कराते ट्रेनिङ र सिङापुरमा भएको कार्यक्रममा नेपालको तर्फबाट भाग लिएका थिए।

अप्रिल 15 तारीख मलेसियाको क्वालालम्पुरमा टेडिशिनल सितोकाइ करातेको स्पेसल ट्रेनिङ,एसिया प्यासिफिकका अध्यक्ष सिहान जर्ज तानले दिनुभएको थियो। कराते ट्रेनिङमा उहाँले काता तथा स्पेसल काताको बुङकाइको प्रशिक्षण दिनु भएको थियो। साथै अप्रिल 22 तारीखमा सिङापुर सितोरियो करातेको नयाँ सेन्टर डाेजो तथा एसिया प्यासिफिक सितोरियो करातेको नयाँ सेन्टर डाेजोको उद्घघाटनमा प्रमुख अतिथि एसिया प्यासिफिक सितोरियो कराते महासंघका Honorary Advisor…Shihan K. kawata ले उद्घघाटन गर्नु भएको थियो। साथै काता सेमिनार साथै काताको बुङकाइ,एसिया प्यासिफिक सितोरियो कराते महासंघका Technical Advisor…Shihan k.sakamoto ले गराउनु भएको थियो। साथै कार्यक्रमको अन्तिममा डिनर कार्यक्रम राखिएको थियो र डिनर कार्यक्रममा सिङापुर सितोरियो कराते संघका प्रमुख प्रशिक्षक Shihan. Wong tuang seng लाई एसिया प्यासिफिक सितोरियो कराते महासंघले आफ्नो पुरै जिबन करातेमा अर्पण गरेको भन्दै 75 वर्षका WSKF 8th DAN, shihan,Wong tuang seng लाई सम्मान गरिएको थियो। कार्यक्रममा नेपालको तर्फबाट आठ जना सिनियर प्यासिफिक सितोरियो करातेका हस्तीहरुलाइ दोसल्ला ओढाइ,भादगाउँले टोपी लगाइदिएर मायाको चिनो प्रदान गर्दा त्यहाँको रौनक,नेपाल सितोरियोमय भएको थियो। कार्यक्रमको अन्त्यमा  एसिया प्यासिफिक सितोरियो कराते महासंघका अध्यक्ष सिहान जर्ज तानले  भन्नू भयो आगामी 2018 सालमा एसिया प्यासिफिक सितोरियो कराते संघको 40 वर्ष पुगेको उपलक्ष्यमा भब्य कार्यक्रम हुने जानकारी दिनुभयो।।।

कार्यक्रममा सहभागी नेपाल,ईन्डिया,श्रीलंका,लावोस,इन्डोनेशिया,मलेशिया,फिलिपिन्स,इरान,जापान,हङकङ,र सिङापुर थिए। कार्यक्रम सकिएर नेपालको टिम पुन मलेसिया बाट नेपाल फर्कने क्रममा,नेपाली प्रवासी सितोरियो कराते संघ,मलेसियाले एक कार्यक्रम गरि सम्मान तथा बिदाइ गरेको थियो। कार्यक्रममा प्रमुख अतिथि NRNA,मलेसियाका महासचिव सुन्दर आले मगर र नेपाली प्रवासी सितोरियो कराते संघका अध्यक्ष योगेन्द्र कोइराला  बाट मोरङ जिल्ला खेलकुद बिकास समितिका कराते सह-प्रशिक्षक र मोरङ जिल्ला सितोरियो कराते संघका अध्यक्ष बिमल पोखरेल ज्यु र मोरङ जिल्ला खेलकुद बिकास समितिका  कराते सह-प्रशिक्षक इन्द्रजित राजभण्डारी  लाई सम्मान तथा बिदाइ गरिएको थियो र सोही कार्यक्रममा गत अप्रिल 22,23,मा 4th Legend international karate championship,selanngor,malaysiaमा नेपालको तर्फबाट कास्य पदक प्राप्त गर्ने तुलाराम धामीलाई पनि सम्मान गरिएको थियो। साथै यसै कार्यक्रममा नेपाल बाट थाइल्यान्ड हुँदै मलेसिया आउनु भएका बिश्व साइकल यात्री युवराज मैनाली  र भेष बहादुर कडेल लाई पनि स्वागत तथा सम्मान गरिएको थियो। कार्यक्रम प्रवासी करातेका महासचिव नर्बु तामाङले संचालन गर्नुभएको थियो भने कार्यक्रममा नेपाली प्रवासी सितोरियो परिवारका खेलाडीहरुको जमघट भएको थियो।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...