Wednesday, April 5, 2017

अर्पना श्रेष्ठको नया एल्बम पुर्णेको जुन बजारमा

करिब ५ बर्ष पछि गायिका अर्पना श्रेष्ठले नया एल्बम पुर्णेको जुन लियर आएकी छिन । निकै नै प्रतिभाशाली गायिका अर्पना श्रेष्ठ को यो गीतपुर्णेको जुनमा गायक सुगम पोखरेलले साथ दिएका छन् । गितमा संगीत महेश ज्ञवालीको रहेको छ भने शब्द युबराज काफ्लेको रहेको छ । त्यसै गरि यस गीतको भिडियोलाई निकै नै मीठो तरिका ले निर्देशन गरेका छन् निर्देशक सचिन थापाले । भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

गायक सुगम पोख्रेल भन्छन यो गीत बाट मैले पनि निकै आशा गरेको छु । गायिका अर्पणा श्रेष्ठ बैनी संगको यो नयाँ सहकार्य सबै ले मन पराउनु हुनेछ । त्यसै गरि गायिका अर्पना श्रेष्ठ पनि निकै उत्साहित हुँदै आफ्नो साङितिक क्षेत्रको आफुले आईडल व्यक्ति मान्ने सुगम दाजुसंग गीत गाउन पाउँदा निकै खुसी रहेको बतायकी छिन ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...