Saturday, April 29, 2017

लसएन्जल्समा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्र बा.शाह सँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


गत अप्रिल २८ तारिखका दिन क्यालिफोर्निया लसएन्जल्समा तारा हिमालयन कुजिन आर्टेशियामा लसएन्जल्सबासी पत्रकारहरुको पहलमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (AIGP)सुरेन्द्र बहादुर शाह सँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्यो l उक्त भेटघाट कार्यक्रममा मातृभुमी नेपालको शान्ति सुरक्षा सम्बन्धी केही समसामयिक विषयहरुबारे शेयरिङ तथा छलफल कार्यक्रम सम्पन्न गरियो।

शाहलाई सम्पुर्ण लसएन्जल्बासी नेपाली समुदायको तर्फबाट सिटी अफ अार्टेशियाको प्लानिंग कमिश्नर एंव श्री पशुपति फ़ाउन्डेशनको अध्यक्ष भक्त थापाले स्वागत गर्दै लसएन्जल्समा रहेको नेपाली समुदायको बारेमा समग्रमा समीक्षा गरे l

सो कार्यक्रममा पत्रकारहरु सुदिप पन्त, शंकर वाग्ले ,एनआरएन क्यालिफोर्निया च्याप्टरको उपाध्यक्ष राम बावु पाण्डे,नेपाल अमेरिका एकता समाजका अध्यक्ष सुर्य प्रसाई र सामाजिक अभियान्तहरु बलराम थापा, इन्दिरा त्रिपाठी लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा पुर्व प्रहरी अतिरिक्त महानिरिक्षक शाहले प्रहरी संगठनमा रहेर आफ्नो ३० बर्षे कार्यकालमा विताएका महत्वपूर्ण अनुभवहरुको आदानप्रदान गरेका थिए l

प्रहरी संगठनभित्र अहिले भैरहेको नाज़ुक अबस्थाले आफुलाई दुखित तुल्याएको छ भन्दै अहिलेको शिक्षाको गुणस्तरको विकास र राजनैतिक अस्थिरताको सुधार गर्नु शिक्षा नै मुल आधार भएकोले अबको बाक़ी समयलाई ग्रामीण भेगको शिक्षा विकासमा लाग्ने प्रतिबध्दता समेत ब्यक्त गरे l

कार्यक्रम सामान्य तथा छोटो भएता पनि प्रभावकारी मुलक एंव सिकाईमुलक रहेको बताईएको छ ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...