Thursday, April 27, 2017

डीसीमा अप्रिल २९ तारिख जलवायु परिवर्तन सम्बन्धि जुलूस को आयोजना हुने

विश्व बन्य जीवजन्तु कोष को आयोजना आगामी अप्रिल २९ तारिखका दिन शनिबार डिसीमा बृहत जलवायु परिवर्तन सम्बन्धि जुलूसको आयोजना गरिने भएको छ l डब्लु डब्लुएफ ले जलवायु परिवर्तन जुलुसमा सहभागी बन्न आग्रह गर्दै हामीले बिश्व लाई मौसम परिवर्तन सम्बन्धि ठोस कदम चाल्न सक्छौ भन्ने नारा दिएको छ l

डब्लु डब्लुएफ ले यो मुलभूत क्षण हो भन्दै हामी सवै सफा हावा,सफा पानी ,उत्पादक कृषि क्षेत्र तथा प्रचुर मात्रा समुन्द्रमा आश्रित छौ l यसको साथै स्थिर मौसम बिना सवै जोखिम छ भन्ने संदेश दिएको छ l

हामी हरेक ले मानिस तथा बन्य जीव जन्तु को स्वास्थ्य भबिष्य बनाउन मद्दत गर्न सक्छौ l साथमा हामी पेरिस सम्झौता लाई जीत हासिल गर्न सक्छौ भन्दै बिश्व लाई मौषम परिवर्तन सम्बन्धि अमेरिका बाट सकारात्मक संदेश दिन सक्ने छौ भन्ने संदेश दिन चाहेको छ l

अव बेरोजगारी समस्या को हल गरौ र सुरक्षित समुदाय बनाऔ भन्दै जलवायु परिवर्तन सम्बन्धि जुलूसमा सहभागी हुन् सूचना जारी गरेको छ l यसको साथै सहभागी हुन् चाहनेले बिस्तृत जानकारी को लागि यस आधिकारिक संजालमा जान सक्नु हुने छ l सहभागी हुनेले अग्रिम रुपमा अनलाइन (बिधुतिय प्रक्रिया)बाट नाम लेखाउनु समेत पर्ने छ l

अग्रिम रुपमा मार्च (जुलुस ) मा नाम लेखाएका सहभागीहरुलाई गन्जी समेत प्रदान गर्ने छ l

http://ift.tt/2qkWCkW

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...