Friday, April 7, 2017

अर्बपति बिनोद चौधरी अमेरिकाको युएनए सम्मेलनमा लगानी तथा उद्यम बिषयक बहसमा मुख्य प्रवक्ता रहने

नेपाल का एक मात्र अर्बपति तथा उद्योगपती बिनोद चौधरीले अमेरिकाको टेक्सस युएनए सम्मेलनमा लगानी तथा उद्यम बिषयक बहसमा मुख्य वक्ता हुने भएका छन् l युनाइटेड नेप्लिज एसोसिएसन (युएनए )को सम्मेलन आगामी मेमोरियल डे (स्मारक दिवस )को सप्ताहमा अमेरिकाको टेक्सस राज्यको ड्यालसमा मे २६ देखि २८ तरिखमा हुने भएको छ l

टेक्सस ड्यालसमा युनाइटेड नेप्लिज एसोसिएसनले आयोजना गरेको दोश्रो बार्षिक सम्मेलनमा चौधरी प्रमुख अतिथि समेत रहेका छन् l कार्यक्रम मे २७ तारिख ३ :३० देखि ६ बजे सम्म कार्यक्रम स्थल शेराटन ड्यालस फोर्टवोर्थ एयरपोर्ट नर्थ टेक्ससमा हुने भएको छ l

उक्त कार्यक्रममा सहभागी हुने प्रत्येक समुहले दर्ता शुल्क दुई सय डलर दस्तुर तिर्नु पर्ने छ l कार्यक्रम संचालन बिएन पन्तले गर्ने भएका छन् भने अन्य कार्यक्रममा वक्ताहरुको छलफल ,नेपाल र बिश्व भर लगानीका अवसर आदि बिषय बस्तुमा बहस कार्यक्रम तय गरिएको छ l

युएनए का संस्थापक सभापति पासांग लामाले उद्योगपति चौधरी जस्तो व्यक्तित्व समय व्यवस्थापन गरि केहि समयको अन्तराल पछि पुन : अमेरिका आउनु भनेको हाम्रो लागि अवसर भएको बताए l यस्तो मौका पटक पटक नआउने भएकोले वहाका उत्प्रेरणादायक कथा ,अनुभव र जीवनका भोगाई बाट नै धेरै कुरा सिक्न पाईने हुनाले सबैलाई सहभागी हुन् आव्हान गरेका छन् l

लामाले आगामी सम्मेलन को आयोजना अधिकांश युवाहरुले गरेकोले उनीहरुमा अद्भुत शक्ति ,आँट ,जोश र जाँगर हुने भएकोले उनीहरुको काँधमा जिम्मवारी गत बर्ष दिएको जस्तै दिएको बताए l

युएनए संस्था गैर राजनैतिक, गैर धार्मिक ,जातिय वा क्षेत्रीय सोंचबाट मुक्त रहेको बताउदै सम्मेलनमा सबैलाई सहभागी हुन् पुन:अनुरोध गरेका छन् l सम्मेलनमा बहस ,साहित्य ,बालबालिकाका कार्यक्रम ,बिभिन्न मंचका कार्यक्रम ,खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरुको आयोजना हुने छ l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...