Thursday, April 6, 2017

अस्पतालमा आत्महत्याः ट्रमा सेन्टरमा प्राण त्यागिन् जयकलाले

काठमाडौँ, २४ चैत । राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान झुन्डिएर एक महिलाले आत्महत्या गरेकी छन् । वीर अस्पतालअन्तर्गत रहेको ट्रमा सेन्टरको पाँचाँ तलामा उपचार गराइरहेकी बागलुङ मिसी गाविसकी जयकला घर्तीले सोही तलाको भ्यालमा झुन्डिएर आत्महत्या गरेकी हुन् ।

पोखराको मणिपाल अस्पतालमा उपचार हुन नसकेपछि घर्तीलाई यही चैत ६ गते ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएको थियो ।

महानगरीय प्रहरी वृत्त न्युरोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यले बिरामी कुरुवा निदाएको अवस्था पारेर घर्तीले झ्यालमा पासो लगाएर आत्महत्या गरेको बताउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...