अमेरिका नेपाल मेडिकल फाउनडेसन (एएनएमएफ )को २१ औ बार्षिक सम्मेलन आगामी मे १२ देखि १४ सम्म क्यानसस सिटी (शहर)मा हुने भएको छ l सम्मेलनलाई ऐतिहासिक सफलता हासिल गर्न आयोजक समिति अहोरात्र काम गरि रहेको संस्थाका उपाध्यक्ष डा सन्तोष सापकोटाले बताए l
सन् १९९७ मा नेपाली मुलका चिकित्सक को प्रयास तथा नेपाललाई माया गर्ने अमेरिकन चिकित्सकहरुको पहलमा स्थापाना भएको अमेरिका नेपाल मेडिकल फाउन डेसन का संस्थापक अध्यक्ष डा अर्जुन कार्की हुन् l गैर मुनाफा सामाजिक संस्था को रुपमा न्यु योर्कमा दर्ता भएको संस्था एएनएमएफको मुख्य उदेश्य नेपालका परियोजना लाई सहयोग गर्नु को साथै स्वास्थ्य सेवा पुर्याउनु रहेको छ l
यसको साथै नेपालका परियोजना लाई प्रबर्धन गर्दै स्वास्थ्य सेवा वितरणमा नेपाल लाई अधिकतम आत्म निर्भरता बनाउनु रहेको छ l संस्थाले नेपालमा गएको भूकम्पमा पिडित परिवार ,प्रकृति प्रकोप ,मानवीय सेवा जस्ता कार्यमा सहयोग गर्दै आएको र हाल पनि स्वास्थ्य सामुदायिक सेवा भवन निर्माण ,स्वास्थ्य चौकी, खानेपानी परियोजना तथा बिगतमा जाडो महिनामा कम्मल वितरण जस्ता काम गर्दै आएको उपाध्यक्ष डा सापकोटाले दिएका छन् l
मे १२ -१४ सम्म चल्ने उक्त सम्मेलनको ३ दिने कार्यक्रमको सुची तयार गरेको छ l नेपाल बाट समेत मुख्य वक्ताहरु मध्ये चिकित्सक भगवान कोइराला लगायत चिकित्सक प्रकाश न्यौपाने लगायत आउने भएका छन् l पहिलो दिन दर्ता तथा कार्यकारी समितिको पूर्व सन्ध्या मा तयारी तथा बैठक बस्ने जनाएको छ भने दोश्रो दिन साधारण सभा को साथै नया समिति को निर्वाचन र चयन समेत हुने छ l
र ,तेश्रो दिन मे १४ तारिख संस्थाको रणनीति बैठक गर्दै सम्मेलन समाप्तको घोषणा हुने छ l
बिस्तृत जानकारी को लागि अमेरिका नेपाल मेडिकल फाउन डेसन(एएनएमएफ ) को आधिकारिक संजाल हेर्न यहाँ थिच्नु होला l
No comments:
Post a Comment