Wednesday, April 12, 2017

पूर्व नेपाल कप फुटबल खेलाडि कुलदिपलाई लण्डनमा हार्दिक श्रद्धाञ्जलि

लण्डन ,२९ चैत्र । लण्डनस्थित साउथ हृारो बस्दै आएका पूर्व गोर्खा हवल्दार कुलदिप राई गत महिना मार्च १४ तारिखका दिन अचानक निधन भएका छन् । लण्डन आसपासमा रहेका विभिन्न संघ संस्था र जातिय संस्थाले हवल्दार राईको पार्थिव शरिरलाई अन्त्येष्टि गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गरे ।


श्रद्धाञ्जलि कार्यक्रममा किराँत राई यायोख्का, सत्य ग्रह, हेल्पिङ्ग हेल्प, संखुवासभा समाज सेवालगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले पार्थिव शरिरलाई अन्तिम हार्दिक श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

बाबा मेजर मान प्रसाद (एम विई) र आमा तिलारुपा राईको कोखबाट तेस्रो सन्तान (साइला छोरा)भएर संखुवासभा ताम्कु वडा नंम्बर १ मा सन् १९४५मा जन्मिएका हुन । ताम्कुमा जन्मिए पनि बुवासग व्रिटिस आर्मि भर्ति केन्द्र दार्जिलिङ जाने अवसर पाएका थिए । उनले सन् १९५७ देखि १९६२ सम्म खर्साङ्गको सेन्ट अल्फनस्स् बोडिङ स्कुलमा निम्न माध्यमिक तहको अध्ययन सुरुवात गरेका हवल्दार राई १७ बर्षको कलिलो उमेरमै गोर्खा बटालियन प्रवेश गर्ने मौका पाएका थिए । सन् १९६२ मा सुनसरी धरान घोपा क्यापबाट भर्ति लागेका राईले मलेशियाको सुन्घई पटाईमा फौजि तालिम ४२ हप्ता पुरा गरेका थिए ।
हवल्दार राईले १८ बर्ष बेलायती राजमुकुटको सेवा गर्दै सन् १९८० मा अवकास लिएका हुन् । उनले पल्टनमा रहदा रेजिमेन्टल सिंग्नलर देखि सिंग्नलर अफिसर सम्मको अविभारा पुरा गरेका उनका निज माइला दाई रिटायड क्याप्टेन डिकबहादुरले राईले बताए ।

१८ बर्ष बेलायती राजमुकुटको सेवाको सिलसिलामा उनले नेपाल, भारत,मलेसिया,सिंगापुर,हङ्गकङ्ग,ब्रुनाई,बेलायत र साईप्रसमा सेवारत रहदा विभिन्न किसिमको पदक गोर्खा बटालियनका मुख्य कार्यलयले यलयस जिसी(लङ्ग सर्भिस गुड कन्डक), जियस एम(जेनेरल सर्भिस मेडल), पेनेन्सुला, व्रनयो, सिलभर जुव्ली र पिजे एन लगायतका पदक पाएका थिए ।

श्रद्धाञ्जलि कार्यक्रमको मुख्य संयोजक डक्टर अमिना लिम्वु, सन्तोश राई, समाजसेवि विनु राई लिम्वु र उनका माईला दाजु रिटायड क्याप्टेन डिकबहादुर राईले गरेका थिए । श्रद्धाञ्जलि कार्यक्रममा रिटायड लेप्टिनेन्ट मोतिलाल थापाले हवल्दार कुलदिप गोर्खा रेजिमेन्टमा रहदाको चर्चा र बेलायत नेपाली समुदायमा इमान्दारीताका साथ गोर्खाहरुको बारेमा काम गरिरहेको प्रशंसा गरेका थिए ।

कार्यक्रमको मुख्य निर्देशक निज दाजु रिटायड क्याप्टेन डिकबहादुर राईले उपस्थित सम्पुर्ण मानुभावहरुलाई श्रद्धाञ्जलि कार्यक्रममा उपस्थिती तथा सोकाकुल परिवारमा धर्य धारणा गर्ने शक्ति प्रदान दिलाउदै मृत्यआत्मकालागि चिर शक्तिको कामना व्यक्त गरेका थिए ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...