Monday, April 3, 2017

तामांग सोसाइटी अफ कनेक्टिकट गठन

अमेरिकाको कनेक्टिकट राज्यमा तामांग सोसाइटी अफ कनेक्टिकट गठन गरिएको छ l गत अप्रिल २ तारिख तामांग सोसाइटी अफ अमेरिका अध्यक्ष एवम उत्तर अमेरिका तामांग सम्मेलनका संयोजक शान्त बाबु थोकर तामांगको प्रमुख अतिथ्य मा तामांग सोसाइटी अफ कनेक्टिकट गठन गरिएको हो l

भेलाले ११ सदस्यीय कार्यसमिति सर्व सम्मत गठन गरेको छ l जस मध्ये २ जना सदस्य पछि गठन गरिने भएको छ l नया कार्यकारी समितिको अध्यक्षमा रोमी योञ्जन तामांग भएका छन् l यसै गरि उपाध्यक्षमा चुन्टुई बल (तामांग) ,सचिबमा राम तामांग तथा कोषाध्यक्ष मा राम माया तामांग चयन भएका छन् l

सदस्यहरुमा राज कुमार तामांग ,धन लामा तामांग ,माया ताम्नाग ,निशा मोक्तान तामांग र धावा तामांग चयन भएका छन् l तामांग सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्ष द्वय ईन्द्र बहादुर,भरत राज मोक्तान र वरिष्ट उपाध्यक्ष अमृत लामा तामाङ्गले शुभ कामना मन्तब्य राखेका थिए l महा सचिव अमर ताम्नागले कार्यक्रम संचालन गरेका थिए l

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...