Wednesday, April 12, 2017

आगलागीबाट ५९ घरगोठ जले

चन्द्रौटा (कपिलवस्तु), ३० चैत । कपिलवस्तुको शिवराज नगरपालिका–१० शीतलपुरमा आज बिहान आगलागी हुँदा ५९ घरगोठ जालेर नष्ट भएका छन् ।

स्थानीय मन्नन मियाको घरबाट लागेको आगोले बसर मियाँ, मन्सुर मियाँ, सत्यनारायण यादवलगातको घर जलेको प्रहरीले जनाएको छ ।

आगलागीमा स्थानीय सीताराम लोनिया घाइते भएका छन् भने स्थानीयवासीका २५ बाख्रा समेत मरेका छन् ।

आगलागी कपिलवस्तु नगरपालिका र कृष्णनगर नगरपालिकाको दमकल, नेपाल प्रहरी, शसस्त्र प्रहरी स्थानीयवासीको सहयोगमा दिउँसो ३ बजे नियान्त्रणमा लिइएको थियो ।

यसैबीच आजै प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालसहितको टोली आलागी भएको स्थान पुगी तत्कालका लागि प्रत्येक पीडित परिवारलाई रु १० हजारका दरले राहत दिने प्रतिबद्धता जनाउनुभयो ।

No comments:

Post a Comment

Featured Post

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिए

काठमाडौं, जेठ २३ । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । गएराति भएको खेलमा ईटालीका मार्को च...